© २०२३
काठमाडौं, ३ साउन।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच भएको युद्ध आफूले रोकाएको दाबी फेरि दोहोर्याएका छन्।
ह्वाइट हाउसमा आयोजित एक रात्रिभोजका क्रममा रिपब्लिकन सांसदहरूलाई सम्बोधन गर्दै उनले युद्धका बेला दुई देशबीच भएको लडाइँमा पाँचवटा जेट विमान खसालिएको पनि दाबी गरेका हुन्। तर उनले ती विमान कुन देशका थिए भन्ने स्पष्ट पारेनन्।
भारतीय सञ्चारमाध्यमका अनुसार ट्रम्पले भारत–पाकिस्तानबीचको युद्धविराममा आफ्नो पहलमा समाधान भएको दाबी यसअघि पनि पटक–पटक दोहोर्याइसकेका छन्।
उनले पहिलो पटक यही दाबी गत मे १० मा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।
तर भारतले पाकिस्तानसँगको युद्ध रोकिएकोमा कुनै बाह्य देशको भूमिका नरहेको बताउदै आएको छ ।
त्यो समयमा पाकिस्तानले पाँचवटा भारतीय विमान खसालेको दाबी गरेको थियो भने भारतले पनि केही पाकिस्तानी विमान खसालेको प्रतिक्रिया दिएको थियो।