ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

बुटवल टुडे मिडिया ग्रुपले बनायो वार्षिक कार्ययोजना

३ श्रावण २०८२, शनिबार
३ श्रावण २०८२, शनिबार

बुटवल, ३ साउन ।

बुटवल टुडे मिडिया ग्रुपले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक कार्ययोजना तय गरेको छ ।

दुई दिनसम्म बसेको कार्ययोजना बैठकले बुृटवल टुडेका प्रकाशन बुटवल टुडे दैनिक र बुटवल टुडे डट कमले छोटो समयमै उल्लेख्य सफलता हासिल गरेको ठहर गर्दै चालु वर्षदेखि अनलाइन टेलिभिजन समेत प्रसारण गर्ने र तीनवटै प्रकाशन तथा प्रसारणको कामलाई प्रभावकारी र व्यवस्थित रुपमा अघि बढाउने निर्णय गरेको हो ।

दुई दिने कार्ययोजना बैठकमा लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख दिपक ज्ञवालीले सार्वजनिक वित्तीय क्षेत्रका बारेमा जानकारी दिंदै यसका विभिन्न पाटाहरु, अनियमितता, भ्रष्टाचार जस्ता विषयमा उजागर गर्न आग्रह गरेका थिए ।

त्यस्तै अनलाइन खबरका सहसम्पादक सुदर्शन खतिवडाले विद्यमान अवस्थामा पाठकको रुचि, चाहना, डिजिटल मिडियाले उठाउनुपर्ने विषयवस्तु, अहिले फेरिंदै गएको पत्रकारिताको शैली लगायतका विषयमा सहजीकरण गरेका थिए ।

त्यस्तै सामाजिक सुरक्षा कोष बुटवलका प्रमुख खिम कार्कीले सरकारले ६ वर्षदेखि कार्याैन्वयनमा ल्याएको सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदाका फाइदा र यसका विभिन्न पक्षहरुबारे जानकारी गराएका थिए ।

त्यसअघि कार्यक्रममा बोल्दै बुटवल टुडे मिडिया ग्रुपका अध्यक्ष हरि पौडेलले संस्थाले मिडियाजगतमा छुट्टै छाप छोड्न सफल भएको भन्दै आगामी दिनमा विद्यमान चुनौतीहरुको सामना गर्ने गरी अघि बढ्न आवश्यक रणनीति अपनाइने बताए ।

त्यस अवसरमा बुटवल टुडे मिडिया ग्रुपका प्रवन्ध सञ्चालक नवराज कुँवरले संस्थाका समग्र नीति तथा व्यवस्थापकीय पक्षहरुबारे जानकारी गराएका थिए भने बुटवल टुडे दैनिकका सम्पादक कृष्ण मल्ल, बुटवल टुडे डट कमका सम्पादक लक्ष्मण पौडेल र बुटवल टुडे टिभीका सम्पादक स्वस्तिक श्रेष्ठले आ–आफ्नो प्रकाशन तथा प्रसारण क्षेत्रका भावी योजनाहरु प्रस्तुत गरेका थिए ।

त्यस्तै कार्यक्रममा बुटवल टुडेका पुर्व सम्पादक एवं नेपाल–अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीले अहिलेको युगमा पत्रकारिता डिजिटलमैत्री हुनैपर्ने अवस्था आएको भन्दै यसका लागि आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताए । त्यस्तै बुटवल टुडेका सहसम्पादक विश्वास ढकाल र कृष्ण खनालले संस्थाको शैली तथा विद्यमान समाचारका अवस्थाहरुबारे जानकारी गराएका थिए ।

बैठकमा बुटवल टुडे मिडिया ग्रुपमा आवद्ध विभिन्न जिल्लाका संवाददाता एवं कर्मंचारीहरुको उपस्थिति थियो ।

कार्यक्रमकै अवसरमा गतवर्ष उत्कृष्ट समाचार लेखेको भन्दै डेस्क संवाददाता रिया बस्नेत क्षेत्री, गुल्मी सम्बाददाता जनार्दन घिमिरे र नवलपरासी सम्बाददाता बेचु गौडलाई नगदसहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?