© २०२३
बुटवल, ३ साउन ।
मणिमुकुन्द बुटवल कोरा २०२५ को पाचौ संस्करण सफलता पूर्वक सम्पन्न भएको छ । मानव स्वास्थ्य, पर्यावरण र पर्यटन प्रवद्र्धनलाई जोडेर बुटवल युनाईटेड क्लबको आयोजनामा कोरा सम्पन्न भएको हो ।
मणिमुकुन्द कलेजबाट शुरु भएको साइक्लिङ रयाली मोतीपुर, नरेश्वरधाम, देविनगर, देवदह चरङे, देवदह मेडिकल कलेज, रामनगर, कालिका कलेज हुदै पुनः मणिमुकुन्द कलेज परिसरमा पुगेर समापन भएको कार्यक्रम संयोजक दिपक कार्कीले बताए ।
कार्यक्रममा सहभागीमध्येबाट देशका विभिन्न साईकल इभेन्टसंगै मेचीमहाकाली साईकल यात्रा गरेका साईक्लिष्ट जोडी हरि गुरुङ (भोटे) र बबिता तमु, आठ वर्षिय राईडर भैरहवाका क्रिष्टोफर श्रेष्ठ, अपाङता राईडर मोहन लाल सुवेदीलाई सम्मान गरिएको थियो ।
समापन कार्यक्रममा बुटवल युनाईटेड साईक्लिङ क्लबका सल्लाहकार तथा कलेजका प्राचार्य टुक बहादुर क्षेत्रीले सबै उमेर समुहका सहभागीता रहेको कोरा उत्कृष्ट रुपमा सम्पन्न भएको बताए ।
कार्यक्रममा बुटवल, तिलोत्तमा, सिद्धार्थनगरका एक सय १० जना साईक्लिष्टहरु सहभागी रहेको क्लबका सचिव राजु तिवारीले बताए ।