ट्रेंडिंग:

>> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता

ग्रामीण विकास लघुवित्तको दशौं साधारण सभा सम्पन्न, मर्जर प्रक्रिया र मिडियामा आएका भ्रमप्रति संस्थाको खण्डन

२ श्रावण २०८२, शुक्रबार
२ श्रावण २०८२, शुक्रबार

काठमाडाैँ ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा गत असार २८ गते बुटवलमा सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाको अध्यक्षतामा सम्पन्न भएको छ। सभा भौतिक तथा भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो। सभामा संस्थापक तथा सर्वसाधारण समूह गरी ६३ जना शेयरधनीको ६२.७८ प्रतिशत शेयर प्रतिनिधित्व रहेको संस्थाले जनाएको छ।

संस्थापक समूहबाट ४६ जना शेयरधनीले ६०।५५ प्रतिशत र सर्वसाधारण समूहबाट १७ जना शेयरधनीले २.२३ प्रतिशत शेयरको प्रतिनिधित्व गरेका थिए। सभामा सञ्चालक समिति सदस्य, अर्थ मन्त्रालयका प्रतिनिधि, अन्य बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन अध्यक्ष कोइरालाले प्रस्तुत गरेका थिए भने शेयरधनीहरूका जिज्ञासा र सुझावहरूलाई प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले सम्बोधन गरेका थिए। सबै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गर्दै सभा सम्पन्न भएको जानकारी दिइएको छ। तर सभापछि केही मिडियामा प्रकाशित समाचारप्रति संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

केही मिडियाले “शेयरधनीलाई सभामा बोल्न दिइएन” भन्ने आरोप लगाएकोप्रति संस्थाले स्पष्ट पारी भनेको छ, “शेयरधनीले आफ्नो शेयर प्रमाण वा परिचयपत्र नल्याएको अवस्थामा मात्र सहभागी हुन नपाइने व्यवस्था सूचनामै उल्लेख गरिएको थियो।” यसैबिच मर्जर प्रक्रिया सम्बन्धी उठेका विवादप्रति संस्थाले खण्डन गरेको छ। ग्रामीण विकास र समाज लघुवित्तबिचको मर्जर विगत नवौं साधारण सभाको निर्णयअनुसार अगाडि बढाइएको र नेपाल राष्ट्र बैंकबाट पनि प्रारम्भिक स्वीकृति प्राप्त भइसकेको संस्थाको भनाइ छ।

संस्थाले मर्जरसम्बन्धी प्रक्रिया तीनै युनियनसँग समन्वयमा अघि बढाइएको र लेखापरीक्षकको विस्तृत प्रतिवेदनका आधारमा भएको स्पष्ट पारेको छ। कतिपय युनियनले पाँच महिना अघि नै डीडीए स्वीकार गरिसकेको अवस्थामा अन्तिम समयमा आएर विरोध गर्नु पूर्वनियोजित भएको ठहर संस्थाको छ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले सेवा अवधि बढाउन मर्जरको प्रक्रिया अघि बढाइएको भन्ने आरोपलाई पनि संस्थाले खारेज गरेको छ। कटुवालको सेवा अवधि अझै बाँकी रहेको र मर्जरको विषय नियामक निकायको नीतिअनुसार भएकाले यस्तो आरोप आधारहीन रहेको बताइएको छ। संस्थाले मर्जरपछिको लाभ उल्लेख गर्दै पूँजी वृद्धि, लागत घटाउने, ऋण सीमा विस्तार, कर छुट जस्ता सुविधा शेयरधनी र सदस्यहरूलाई हुने उल्लेख गरेको छ। संस्थाले सबै शेयरधनीप्रति आभार व्यक्त गर्दै तथ्यहीन प्रचारप्रति खेद व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?