© २०२३
काठमाडौं, २ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन्।
शुक्रबार पेरिसडाँडामा नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझाउने क्रममा प्रचण्डले परिवर्तन नेताहरूलाई सुझाव दिँदै मात्र सम्भव नहुने बताए।
उनले भने, ‘जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे हामी सडक संघर्षमा जान तयार छौं, तपाईंहरू पनि तयारी अवस्थामा रहनुहोस्।’
प्रचण्डले वर्तमान निर्वाचन प्रणाली, संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण, र जनसंख्याका आधारमा पूर्ण समावेशी समानुपातिक प्रतिनिधित्वका पक्षमा माओवादी केन्द्रको स्पष्ट धारणा रहेको बताए।
उनले हालको खर्चिलो निर्वाचन प्रणाली र कार्यकारी प्रमुख चयन प्रणाली भ्रष्टाचार बढाउने कारण भएको उल्लेख गर्दै प्रत्यक्ष कार्यकारी प्रणालीको आवश्यकता औंल्याए।
मतदाता अधिकार मञ्चले मतदाताको अधिकार सुनिश्चित गर्न, निर्वाचन प्रणालीमा सुधार र प्रतिनिधित्वको समावेशीकरण गर्नुपर्ने मागसहित सुझावहरू पेश गरेको थियो।