© २०२३
काठमाडौँ, २ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २०४६ सालपछि सत्तामा पुगेका उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वको सम्पत्तिको छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएको छ।
राप्रपाले लामो समयदेखि उठाउँदै आएको यस मुद्दालाई शुक्रबार औपचारिक रूपमा अगाडि बढाउँदै हरिहरभवनस्थित विभागमा ज्ञापनपत्र दर्ता गराएको हो।
अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक सुमन दाहाललाई ज्ञापनपत्र बुझाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
यसअघि सोही दिन राप्रपाले भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि छुट्टै ज्ञापनपत्र बुझाएको छ।