ट्रेंडिंग:

>> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट)

कान्तिमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण

२ श्रावण २०८२, शुक्रबार
२ श्रावण २०८२, शुक्रबार

बुटवल ।

कान्ति माध्यमिक विद्यालय कक्षा ११ मा विभिन्न विषयमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुका लागि शुक्रबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सभाहलमा अभिमूखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधब बन्जाडेले देशमै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा स्थापित कान्ति माविका विद्यार्थी , शिक्षक र अभिभावक देशका अन्य विद्यालयका लागि प्रेरणाको स्रोत बन्नुपर्ने बताए ।

विगतका वर्षको तुलनामा यो वर्ष माध्यमिक शिक्षा परिक्षामा रुपन्देहीको शैक्षिक उपलब्धिमा उल्लेख्य सुधार हुनुमा यहाँका सामुदायिक विद्यालयको शैक्षिक प्रशासन , शिक्षक, विद्यार्थी र अभिभावकको महत्त्वपूर्ण भुमिका रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष जीवन प्रसाद ओझाले विद्यालयको उच्चस्तरीय सफलतामा शिक्षक विद्यार्थी र अभिभावक मुख्य जिम्मेवार रहेकोले आगामी दिनहरुमा विद्यालयले शैक्षिक उत्कृष्टताका लागि मात्रै नभई बुटवल मोफसलको मात्रै नभई देशको शैक्षिक हब बनाउने गरी अगाडि बढ्ने बताए ।

कार्यक्रममा प्रधानाध्यापक गोविन्द ज्ञवालीले नवआगन्तुक विद्यार्थीहरुलाई विद्यालयका विशेषता , उपलब्धि , आचारसंहिता र १९ ओैँ ब्याचबाट गरिएका अपेक्षाका बारेमा स्पष्ट पारेका थिए ।

त्यसैगरी कक्षा ११÷१२ विज्ञान समुहका ईन्चार्ज मोहन भट्टराईले विद्यार्थीहरुलाई शुभकामना मन्तव्य राख्दै देशका ४० जिल्लाका ११ सय ९६ विद्यार्थी यो वर्ष कक्षा ११ मा भर्ना भएको र सामुदायिक विद्यालयमा देशभरमै सबैभन्दा धेरै विज्ञान विषयमा विद्यार्थी भर्ना भएको बताए ।

नवआगन्तुक विद्यार्थीका तर्फबाट विद्यार्थी एलिजा पोखरेलले आफुले खोजेको युग सापेक्ष शिक्षा र सहजीकरण कान्ति माविले प्रदान गर्ने विश्वासका साथ विद्यालयमा भर्ना भएको बताईन ।
कार्यक्रममा विद्यालयका संरक्षक बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल , स्थानीय जनप्रतिनिधि , विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण सदस्यहरु , शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा २०८२ साल जेठमा सञ्चालित कक्षा ११ को वार्षिक परिक्षामा उत्कृष्ट नतिजा हाशिल गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा जीवन , दर्शन र अनुशासन एवम् विद्यार्थीका जिम्मेवारीका बारेमा सफल कार्यक्रम उद्घोषक गोपाल प्रसाद अधिकारीले विद्यार्थीलाई उत्प्रेरणामुलक प्रशिक्षणले अभिमूखिकरण गरेका थिए भने कार्यक्रमका अवसरमा कक्षा १२ का विद्यार्थी आकृत केसी,, अनिल पौडेल, अंशु घर्ती, अनुष्का न्यौपानेलगायतले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?