ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

डिङ्गरनगर दूरगामी सहकारीः सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी

२ श्रावण २०८२, शुक्रबार
२ श्रावण २०८२, शुक्रबार

बुटवल, २ साउन ।

डिंगरनगर दूरगामी बहुउद्देश्यीय क्रृण सहकारी संस्थाका सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

स्रोतका अनुसार संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा लगायत विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । यद्यपि प्रहरीले भने पक्राउ पुर्जीका विषयमा जानकारी दिएको छैन ।

“पक्राउ पुर्जीबारे अहिले भन्न मिल्दैछ, सहकारीको रकम अपचलनका विषयमा अनुसन्धान भैरहेको छ, अडिट रिपोर्ट आइसकेपछि थप कारवाहीको प्रक्रिया अगाडि बढ्ला”–उनले भने ।

डीएसपी रानाले पक्राउ पुर्जी जारी भएकाहरुको संख्या र नामबारे अहिले बताउन नमिल्ने बताए । उता रुपन्देही जिल्ला अदालतले पनि पुर्जी जारी भएका व्यक्तिबारे सूचना दिन इन्कार ग¥यो ।

रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले कानुनी हिसावले पनि पक्राउ पुर्जीबारे जानकारी दिन नमिल्ने बताए ।

उता प्रदेश सहकारी रजिष्टारको कार्यालयले सहकारीको बचत अपचलनका विषयमा छानविन गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन प्रहरीलाई पत्र पठाइसकेको जनाएको छ ।

सहकारी दर्ता अधिकारीको कार्यालय लुम्बिनी प्रदेशका प्रमुख सुरेशचन्द्र आचार्यले प्रहरीलाई आवश्यक अनुसन्धान गरी कारवाही अगाडि बढाउन पत्र पठाइसकेको बुटवल टुडेलाई जानकारी दिए ।

सहकारीका उपाध्यक्ष लगायत विभिन्न सञ्चालक सदस्य तथा शेयर सदस्यहरुले बचत अपचलनको छानविन गरी ठगी गर्नेलाई कारवाहीको माग गर्दै यसअघि नै प्रहरीमा जाहेरी दिएका छन् ।

उनीहरुले ठगी गर्नेहरुलाई मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २१ को दफा २४९ बमोजिम कारवाहीको माग गरिएको छ ।

यता, बचतकर्ताले भने आफूहरुको बचत फिर्ताको माग गर्दै दिनहुँ आन्दोलन गरिरहेका छन् ।

दिउँसो र रातको समयमा लगातार आन्दोलन गर्दा पनि निकास ननिस्केपछि उनीहरु संघर्ष समिति नै बनाएर आन्दोलन थप चर्काउने रणनीतिमा छन् ।

सहकारीको करोडौं बचत अपचलन गरी सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा सम्पर्कबिहीन भएपछि बचतकर्ताले कानुनी र सडक आन्दोलनलाई एकसाथ अघि बढाएका हुन् ।

केही दिनसम्म फरार रहेका सहकारीका व्यवस्थापक वसन्त पराजुलीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

जिल्ला अदालतले उनलाई शुक्रबार दोस्रोपटक म्याद थप गरी अनुसन्धान गरिरहेको छ । उनी एक सातादेखि इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा छन् ।

व्यवस्थापक पराजुलीले आफूसहित श्रीमती, छोरी र छोराको नाममा लिएको ऋण नौ करोड ५५ लाख ३० हजार अठासी रुपैयाँ देखिएको र उक्त रकम सहकारीलाई तिर्ने कबुलियतनामा २०८२ साल जेठ ५ गते गरिएको थियो ।

त्यसपछि उनलाई संस्थाले निलम्बन गरेको थियो । पराजुलीले तिलोत्तमाको शान्तिचोकमा खाजा खजाना होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

तमसुकमा ऋणी देखाइएका छोरी र छोरालाई नै साक्षी बसालेकोले सहकारीका अध्यक्ष र सचिवले यो कागज गराएर निलम्बित गरेका हुन् वा व्यवस्थापक पराजुलीले आफैँ गरेका हुन् भन्ने तथ्य अडिट रिपोर्टपछि मात्रै थाहा हुने प्रहरीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?