ट्रेंडिंग:

>> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

विषालु सर्पको जोखिम र सतर्कता 

२ श्रावण २०८२, शुक्रबार
२ श्रावण २०८२, शुक्रबार

रुपन्देहीको तिलोत्तमामा एकै घरबाट २३ वटा गोमन सर्पको उद्धार गरिएको घटनाले गर्मीको मौसममा होसियारी अपनाउनु पर्ने देखिएको छ । विश्व सर्प दिवस मनाउँदै गर्दा बाहिरिएको यो खबरले सबैलाई सचेत हुनुपर्ने पाठ सिकाएको छ । संयोगले आज विश्व सर्प दिवस पनि हो ।

तराईमा गोमन, करेत नै विषालु सर्प मानिनछन् । यिनै सर्पको बिगबिगी बढ्दो छ । नेपालमा बर्सेनि ४० हजार मानिस सर्पको टोकाइबाट प्रभावित हुने र त्यसमध्ये तीन हजार जतिको मृत्यु हुने गरेको तथ्याङ्कले सर्पको जोखिम बढ्दो छ भन्ने पुष्टि गरेको छ ।

त्यसो त मानव र सर्प बिच सहअस्तित्वको सम्बन्ध पनि छ । मानव जीवन चक्रका लागि सर्पको महत्त्वपूर्ण भूमिका रहन्छ । नेपालमा अहिलेसम्म ८४ प्रजातिका सर्पहरू फेला परेका छन् । त्यसमध्ये २० प्रतिशत मात्र विषालु सर्प छन् । अन्य वन्यजन्तुहरूको तुलनामा सर्प दंशकै कारण मानव मृत्यु धेरै भएको अवस्था रहेकोले हरेक नागरिक आफै सचेत हुनुपर्ने अवस्था छ । सर्प देख्ने बित्तिकै मार्ने र गाउँघरमा अझै पनि सर्पले टोकेमा झारफुक तथा घरायसी उपचार गर्ने प्रवृत्ति बढ्दो छ । यो जनचेतनाको कमीका कारण भएको हो भन्दा हुन्छ ।

आम नेपालीले कुन सर्प विषालु हो र कुन होइन भन्ने पनि थाहा पाउनु जरुरी छ । करेत सर्प साईलेन्स किलरको रूपमा चिनिन्छ । रातीको समयमा क्रियाशील हुन्छ । बिस्तरामा गएर बस्न सक्छ । यसले टोकेमा लक्षण ढिला देखिने हुँदा उपचारमा कठिनाइ हुन्छ र मानिसको मृत्यु पनि हुनसक्छ । त्यसै गरी गोमन सर्प रिसाहा हुन्छ । यसले टोकेमा पहिल्यै थाहा हुने भएकोले समयमै उपचार पाउने हो भने बच्न सकिन्छ ।

तसर्थ विषालु सर्पको जोखिमको विषयमा समयमै ध्यान पु¥याउनु हरेक नेपालीको जिम्मेवारी र दायित्व हो । नेपालमा विष नहुने तथा टोके पनि असर नहुने, कम विषालु र बढी विषालु गरी तीन समूहका सर्पहरू रहेको सर्प विज्ञहरूको अनुसन्धानले पुष्टि गरेको छ । सर्पहरू हाम्रो घर वरिपरि नै बढी देखापर्ने हुँदा खास गरी गर्मी मौसममा बढी जोखिम रहेको हुँदा सावधानीको खाँचो छ ।

तिलोत्तमाको घटनाले सबैलाई सचेत बन्नुपर्ने कुरा सिकाएको छ । सर्पबाट जोगिन झुल लगाएर सुत्ने, अँध्यारामा लाइट बालेर हिँड्ने र घरभित्र तथा बाहिर देखिने प्वालमा हात नहाल्ने हो भने जोखिमबाट बच्न सकिन्छ । भरसक सर्पको टोकाइबाट बच्ने र टोकिहालेमा उपचार सम्भव छ भन्ने बुझाउनु जरुरी छ ।

किनभने मानिसमा सर्पले टोकेमा मरिन्छ भन्ने मनोविज्ञान भएकोले आत्तिएर पनि मृत्यु हुनसक्ने जोखिम देखिएको छ । सर्प हाम्रो जीवनको मित्र पनि हो । हिन्दु संस्कृतिमा सर्पलाई नाग देवताको रूपमा पुज्ने गरिन्छ । भनिन्छ– श्रीकृष्ण भगवानलाई मथुराबाट गोकुल ल्याउँदा नागले बाढी र वृष्टिबाट रक्षा गरेका थिए ।

देवता र दैत्यद्वारा गरिएको समुद्र मन्थनमा वासुकी नागकै मुख्य भूमिका रहेको थियो । घरघरका मूल द्वारमा नागको तस्बिर टाँस्दा एक वर्षसम्म सर्प, गरुडको भय नहुने, अनावृष्टि, चट्याङको बज्रपात नहुने, ठिक समयमा वर्षा हुने, धन्य धान्य वृद्धिका साथै निरोगीसमेत रहने विश्वास गरिन्छ ।

तसर्थ सर्प हाम्रो धर्म, आस्था र विश्वाससँग जोडिएको छ । आफू सचेत भएर यसको संरक्षण गर्न सकिन्छ । सर्प हाम्रो धार्मिक आस्थासँग जोडिएको छ । पछिल्लो समय सर्प लोप हुने क्रम बढेको छ । अबको दिनमा सर्पको संरक्षणमा ध्यान दिनु जरुरी छ । प्रकृतिलाई सन्तुलित राख्न सर्पको ठुलो भूमिका र योगदान हुने भएकोले अबको दिनमा सर्पबाट आफू पनि बचौँ र सर्पलाई पनि बचाऊँ भन्ने अभियान सञ्चालन गर्नु अत्यावश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?