ट्रेंडिंग:

>> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु

फरार प्रतिवादीहरू प्रहरीको फन्दामा

२ श्रावण २०८२, शुक्रबार
२ श्रावण २०८२, शुक्रबार

बुटवल,  ०२ साउन । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका र लामो समयदेखि फरार सूचिमा रहेका फरार प्रतिवादी पक्रने क्रममा तीव्रता दिएको पाइएको छ । ती अभियुक्तहरूलाई पक्राउ गरी सजाय भुक्तान गर्न कारागार चलान गरेको प्रहरीको भनाइ छ ।

आर्थिक वर्ष २० ८१/८२ को एक वर्षमा विभिन्न अपराध गरी फरार रहेका ८ सय २३ जना फरार प्रतिवादी पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको हो । कुल ५ सय ६ वर्ष २ महिना १२ दिन बाँकी रहेका उनीहरूबाट जरिवाना रु. ७ करोड ४५ लाख ८१ हजार ८ सय १४ रूपमा जरिवाना असुलउपर गराएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले भने पछिल्लो समय बैंकिङ कसुर आर्थिक अपराधका घटना दैनिक बढ्दै गएको बताए । ठुला ठुला कारोबार गर्ने चेक लिनदिने गर्ने तर समयमा चेक नसाटिएर प्रहरीकोमा आउनेको सङ्ख्या बढ्दो रहेको प्रमुख क्षेत्रीको भनाइ छ ।

गएको एक वर्षमा जिल्ला प्रहरी कार्यालयमा ४ सय १७ वटा मुद्दा दर्ता भएको छ । जग्गा पास दिएँ पैसा पाइएन, सापट लगेर समयमा फिर्ता पाइएन कारबाही गरी पाउँ भन्ने निवेदन पर्नेहरूको सङ्ख्या मध्ये ३ सय ९७ बटा मुद्दा फर्छ्यौट गरेको उनको भनाइ छ ।

ज्यान सम्बन्धी १ सय ५७ मुद्दा दर्ता भएको छ भने लागू औषध मुद्दा १ सय २६ अभद्र व्यवहारमा १ सय ८५ जबरजस्ती करणीमा ६१ ठगीमा २९ डाँका चोरीमा २० जबरजस्ती करणी उद्योगमा १६ सवारी चोरीमा १३ बाल यौन दुराचारमा १२ ज्यान मार्ने उद्योगमा २१ बहुविवाहमा १४ कुल मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

त्यसै गरी भन्सार चोरी तस्करी गरी नेपाल ल्याउने सामान मूल्य करिब १२ करोड ६७ लाख मूल्य बराबरको सामान भन्सार बुझाएको हो चोरी तस्करीमा संलग्न मानिसहरू एक सय १३ जना छन् भने चोरीमा प्रयोग भएका मोटरसाइकल ३ सय २ थान, ट्रक ८ वटा पिक अप जिप १६ वटा अटो रिक्सा ६ वटा ट्याक्टर १ वटा नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरीले जनाएको छ ।

अवैध रूपमा माटो उत्खनन गरेको भन्दै ट्याक्टर ६० वटा जेसिबि ३० वटा टिप्पर हाईवा २३ वटालाई कारबाही गरिएको प्रमुख क्षेत्रीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले गरेको संयुक्त चेकिङमा ३६ हजार २ सय १६ सवारी साधनहरू कारबाहीमा परेका थिए त्यस बापत राजश्वमा ४ करोड ७७ लाख जरिवाना भएको हो ।

रुपन्देही जिल्लामा गएको एक वर्षमा ७९७ सडक दुर्घटना भएकामा १ सय २१ जनाको मृत्यु भएको हो भने ३ सय ५० जना गम्भीर घाइते भएका छन् ८ सय ७६ जना सामान्य घाइते भएको र दुर्घटनाको सङ्ख्या समेत बढ्दै गएको देखिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले कानुन विरुद्ध हुने कुनै पनि गतिविधि नियन्त्रण कारबाहीको दायरामा लिन प्रहरीले कुनै कसुर बाँकी नराख्ने बताए ।

सीमापारबाट हुने चोरी तस्करी नियन्त्रण गर्न प्रहरी कडाइका रूपमा लागिरहेको भन्दै प्रमुख क्षेत्रीले भने आफू रुपन्देही आएको ३ महिनामा चोरी तस्करी सामान मात्र ५ करोड बढीको सामान भन्सार पठाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?