ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रेफलर केन्द्र नबनाउन अभियान 

२ श्रावण २०८२, शुक्रबार
२ श्रावण २०८२, शुक्रबार

लमही, ०२ साउन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रेफरल केन्द्र बनाएर घोराहीवासी बिमितलाई सिधा सेवा लिन अवरोध सिर्जना भएको भन्दै सिनेट सदस्य बलिभद्र रानाले स्वास्थ्य मन्त्रालयमा पुगेर तत्काल निर्णय गर्न आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटालाई भेटेर रानाले घोराही उपमहानगरका ३८ हजार बढी बिमितलाई सिधै सेवा उपलब्ध गराउने गरी प्रतिष्ठानलाई पुनः प्रथम सेवा बिन्दु कायम गर्न माग गरेका हुन् । रानाले हाल निर्माणाधीन नगर अस्पताल पूर्ण सञ्चालनमा नआएसम्मको लागि प्रतिष्ठानलाई अस्थायी रूपमा प्रथम सेवा बिन्दु कायम गर्न वा उपयुक्त सरकारी स्वास्थ्य संस्थालाई विकल्पको रूपमा तोक्न अनुरोध गरेका छन् ।

स्वास्थ्य सचिव देवकोटाले बिमा बोर्डसँग बिहीबारै छलफल गरेर यथाशीघ्र निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले स्थानीय तहबाट सिफारिस भइसकेको र घोराहीवासीका लागि व्यावहारिक निर्णय आउने विश्वास पनि दिलाएका छन्
स्वास्थ्य बिमा नियमावली २०७५ को संशोधनपछि प्रतिष्ठानलाई प्रथम सेवा बिन्दु हटाएर रेफरल सेन्टर मात्र बनाइएको छ ।

यो निर्णयसँगै साउन १ गतेदेखि बिमितहरूले प्रतिष्ठानमा सिधै उपचार पाउन सक्ने छैनन् । प्रथम सेवा बिन्दु नभएसम्म, बिमितले लमही अस्पताल वा राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरबाट रेफर भएर मात्र सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।

हालसम्म घोराही उपमहानगरका कुनै पनि सरकारी स्वास्थ्य संस्था बिमा बोर्डमा आबद्ध छैनन् । बिमा बोर्डले तोकेका मध्ये राप्ती प्रादेशिक अस्पताल र लमही अस्पतालमा मात्र बिमा सेवा उपलब्ध छ । बिमा बोर्ड दाङका अनुसार जिल्लामा ७१ हजार ७१७ जना बिमित छन्, जसमध्ये ३७ हजार २ सय ८ जना घोराही उपमहानगरका छन् ।

बोर्डका अनुसार जिल्लाका महिला स्वास्थ्य स्वयंसेविका, अति गरिब, अपाङ्गता भएका, एचआइभी सङ्क्रमित तथा ज्येष्ठ नागरिकसमेत गरी हजारौँ बिमित छन्, जसले यो निर्णयका कारण स्वास्थ्य सेवा पाउन कठिनाइ भोगिरहेका छन् ।
बिमा बोर्डले आइतबार नै सबै स्थानीय तहलाई पत्राचार गर्दै, नयाँ प्रथम सेवा विन्दु सिफारिस गर्न अनुरोध गरिसकेको छ ।

स्थानीय तहबाट प्रस्ताव आएमा एक महिनाभित्र मापदण्ड पूरा हुने प्रतिबद्धता सहित नयाँ सेवा विन्दु थप्ने निर्णय हुने जनाइएको छ । घोराहीवासी बिमितको सहज उपचारका लागि सिनेट सदस्य रानाको पहलमा मन्त्रालयमा गम्भीर छलफल भएको र सकारात्मक निर्णय आउने सचिव देवकोटाको आश्वासनले घोराहीवासीमा आशाको किरण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?