ट्रेंडिंग:

>> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ

खोटोको लोभले वन नासिने चिन्ता

२ श्रावण २०८२, शुक्रबार
२ श्रावण २०८२, शुक्रबार

सल्यान, ०२ साउन ।

सल्लाको खोटाले वन समूहलाई आम्दानी गराए पनि त्यसले वन नासिने चिन्ता थपेको छ । खोटो सङ्कलनमा सावधानी नअपनाउँदा खोटो निकालिएका सल्ला नासिने खतरा बढेको हो । जिल्लाको ६ सय ३० वटा सामुदायिक र २ सय ३ कवुलियती वन रहेको सल्यानमा अधिकांश वन समूहले सल्लाको खोटो बिक्री गर्दै आएका छन् ।

६४ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको सल्यानमा अधिकांश खोटो सल्लाको वनमा छ । सामुदायिक वनले खोटो बेचेर आम्दानी गरेको रकमबाट वन व्यवस्थापन र सामुदायिक सेवामै खर्चिने गरेका छन् । उपभोक्तालाई ग्याँस चुलो वितरणदेखि आयआर्जनका काममा लगानी गर्दै आइरहेका छन् । जसले गर्दा खोटो उपभोक्ताको जीविकोपार्जनको माध्यम बनेको छ ।

जिल्लामा सात वटा कम्पनीले वन समूह मार्फत खोटो सङ्कलन गर्दै आएका छन् । डिभिजन वन कार्यालयका सूचना अधिकारी खड्काले खोटो सङ्कलन निर्देशिका पालना नगरेको खण्डमा सल्लाको रुख सुक्ने, वनमा आगलागी हुँदा धेरै क्षति हुने सम्भावना रहने बताउँदै सावधानी अपनाउन आग्रह गरे ।

उनले भने, “९५ सेन्टिमिटरभन्दा साना रुखबाट खोटो सङ्कलन नगर्नु, बोक्रा चिरा पार्दा गहिरो चोट नलगाउनु, सङ्कलन गर्ने ज्यामी र समिति पदाधिकारीलाई तालिम दिनु आवश्यक छ । यदि यस्ता सावधानी नअपनाई जथाभाबी सङ्कलन गरियो भने वन क्षेत्रलाई फाइदा होइन, उल्टो नोक्सानी हुने खतरा रहन्छ ।” सामुदायिक वन समूहले आम्दानीको ५० प्रतिशत समुदायको जीविकोपार्जनमा र २५ प्रतिशत सामुदायिक काममा खर्च गर्नुपर्ने कार्यालयको भनाइ छ ।

सल्लाको खोटो बिक्रीबाट आर्थिक वर्ष २०८०/०८१ मा सवा दुई करोड बढी आम्दानी गरेका सल्यानका वन समूहहरूले आर्थिक वर्ष २०८१/०८२ मा दोब्बर आम्दानी गरेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा चार करोड बढीको सल्लाको खोटो निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

जिल्लाका विभिन्न सामुदायिक र कवुलियती वनबाट ३५ लाख १८ हजार २ सय ८७ किलो खोटो निकासी भएको र यसबाट विभिन्न सामुदायिक वनको खातामा चार करोड २२ लाख १९ हजार ४ सय ४० रुपैयाँ जम्मा भएको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी ललितजंग खड्काले जानकारी दिए ।

ठुलो परिमाणमा खोटो निकासी हुँदा मूल्य अभिवृद्धि कर ५४ लाख ८८ हजार पाँच सय २७ रुपैयाँ सङ्कलन भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा २५ सय मेट्रीकटन खोटो निकासीबाट सामुदायिक वनको खातामा दुई करोड २६ लाख रुपैयाँ जम्मा भएको थियो ।

सल्लाबाट निकालिने खोटो विभिन्न काममा प्रयोग हुने तार्पिन तेल र पेन्ट गर्ने रङ बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने गरेको छ । सल्लाको खोटो निकासीले सल्यानका सामुदायिक वन समूहहरूको आम्दानीमा उल्लेखनीय वृद्धि गरेको त छ ।

तर यससँगै पर्यावरणीय सन्तुलन र दीर्घकालीन वन संरक्षणको सन्तुलन मिलाउँदै निर्देशिका अनुरूप खोटो सङ्कलन तथा व्यवस्थापन गर्नु अत्यावश्यक छ । समयमै अनुगमन, तालिम र नियमन नहुने हो भने वन क्षेत्र नै सङ्कटमा पर्ने सम्भावना पनि उत्तिकै रहने जानकारहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?