Butwal Today

साउन १६ गते राष्ट्रिय कोदो दिवस

१ श्रावण २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ, ०१ साउन ।

सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यही असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै आगामी साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने जानकारी दिए ।

कोदोजन्य बाली समूहमा सामान्यतया १० थरीका बालीहरू बढी प्रचलनमा रहे तापनि नेपालमा कोदो, चिनो, कागुनो र जुनेलो बढी खेती गरिनेमा पर्छन् । फापर र लट्टे पनि दानाको आकार–प्रकार, पोषण सम्बन्धी गुण र उपभोगको तरिकामा रहेका केही समानताको कारण कोदोजन्य बालीअन्तर्गत नै राख्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?