ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

आज कर्णालीमा देउडा पर्व धमधामले मनाइयो

१ श्रावण २०८२, बिहीबार
१ श्रावण २०८२, बिहीबार

सुर्खेत,१ साउन । 

कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वलाई विशेष महत्त्व दिएर आज सार्वजनिक बिदा पनि दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक सङ्घ–संस्थाहरूमा सार्वजनिक बिदा दिइएको छ । २०८१ चैत्र १७ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

कर्णाली प्रदेशमा आज साउने सङ्क्रान्ति तथा देउडा पर्व धूमधामका साथ मनाइएको छ । यस पर्वको अवसरमा कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज देउडाको आयोजना गरिएको छ । देउडासँगै कर्णालीमा बेलुका राँका बाल्ने र लुतो फाल्ने चलन छ । साउने सङ्क्रान्तिको साँझ, असार महिनामा धान रोप्दा लागेको हिलो पखाल्न र छाला रोगबाट बच्न लुतो फाल्ने प्रचलन रहेको मानिन्छ ।

कर्णालीको परम्परा अनुसार भलायो, कुकरडाइनो, लुतेझार, पानी अमला, कागती, अम्बा, नासपाती जस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेको राक्षसको पूजा गरिन्छ । बेलुकी अगुल्टो फाल्ने विधि अहिले निकै चर्चित छ, जसलाई लुतो फाल्ने भनिन्छ । साँझ सबैले आआफ्नो घरको छत तथा आगनमा सल्लाको झरोबाट आगो बालेर सोही बलेको आगो फाल्दै गाली गर्ने चलन छ ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूबाट बसोबासका लागि प्रदेश राजधानी सुर्खेतमा आएका कर्णालीवासीहरू हरेक महिनाको एक र १५ गते यसरी नै देउडामा भलाकुसारी गर्ने गर्दछन् । पुरुषको एक पङ्क्ति र अर्को पंक्तिंमा महिलाको गोलाकार घेरामा देउडाको घम्साघम्सी हुन्छ । देउडामार्फत सुख दुःख आफ्ना पिर व्यथा साटासाट हुने गर्दछ । त्यति मात्र होइन कहिलेकाहीँ चाडपर्व तथा समसामयिक विषयमा पनि देउडा गाउँदै आएका छन् यी  दिनहरूमा हेर्नेहरुको भिड लाग्दछ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत कर्णालीका विभिन्न जिल्लाका बासिन्दाहरूको बसोबास रहेको जिल्ला हो । विशेष गरेर सशस्त्र द्वन्द्वको बेलामा विभिन्न जिल्लाहरूबाट विस्थापित भएर सुर्खेत झर्ने क्रम बढ्यो । उनीहरूलाई सुर्खेत झरेपछि एकै ठाउँ बसिरहँदा अत्यास लाग्यो । फलस्वरूप देउडाको समूह बन्न पुग्यो र अहिले सबैको सुख दुःखको चौतारी बनेको छ ।

२०६३ सालबाट समूहको रूपमा सुरु गरिएको देउडालाई २०६८ सालमा भेरी कर्णाली लोक सांस्कृतिक जागरण मञ्चको रूपमा  दर्ता गरे । त्यसयता निरन्तर रूपमा देउडा कार्यक्रमलाई अगाडी बढाएका छन् । पछिल्लो समय  कर्णाली सरकारले साउन १ गतेलाई सङ्क्रान्ति तथा देउडा पर्वको रूपमा सार्वजनिक बिदा दिँदै आएको छ ।

विवाह, पूजा तथा मेला पर्वहरूमा पनि देउडाको माग भइरहेको देउडा कलाकार सुनसरा शाही बताउँछिन् । ‘यसरी देउडा गाउन पाउँदा आफ्ना सबै दुःख पीडा बिर्सिन्छौ’ उनले भनिन्‘देउडा खेल्नको लागि अघिल्लो दिनमा सबै घरको काम व्यवस्थापन गरेर आउँछौ ।’

कर्णाली प्रदेशको संस्कृतिको संरक्षण गर्न आफ्नो दायित्व हो भन्छिन् शाही । देउडा खेलबाट नै देउडा संस्कृतिको उत्पत्ति भएको पाइन्छ । यसमा गायकहरू गोलो घेरा बनाई पैतरीका साथ दुई समूहमा गीतै गीतमा सवाल जवाफ हुन्छ । यसमा प्राय: एक समूह युवा र अर्को समूहमा युवती रहेका हुन्छन् । युवा/युवा बिच र युवति /युवति बिच पनि यो सवाल जवाफको खेल हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?