Butwal Today

सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि

१ श्रावण २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

हिजो प्रतितोला १,३०० रुपैयाँले घटेको सुनको मूल्य आज केही बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भई १,९२,३०० रुपैयाँमा पुगेको छ। हिजो यो मूल्य १,९२,००० रुपैयाँ थियो। यद्यपि पछिल्लो समय सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ, वैशाख ९ गते भने यो मूल्य अहिलेसम्मकै उच्च विन्दु १,९७,९०० रुपैयाँमा पुगेको थियो।

चाँदीको मूल्य पनि आज सामान्य रूपमा बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २,२६५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको असर, माग र आपूर्तिमा आएको हेरफेरले दैनिक रूपमा सुनचाँदीको मूल्यमा प्रभाव पारिरहेको व्यवसायीहरू बताउँछन्।