© २०२३
नवलपरासी, ०१ साउन ।
प्राचीन कलियो गणराज्य भित्रको महत्त्वपूर्ण स्थान सापुगा वा सायुगा नगरको अवलोकन गर्दै उद्योग वाणिज्य सङ्घले पर्यटकीय गन्तव्य बनाउनमा साँचो व्यक्त गरेको छ । जिल्लाको सरावल गाउँपालिका ३ सरावल र जनकपुर गाउँको बिचमा अवस्थित उक्त स्थल बुद्ध भूमिसँग जोडिएको हुँदा बौद्धपरिपथसँग जोडेर यस क्षेत्रको विकास गरी पर्यटकीय गन्तव्य बनाउनु पर्ने टोलीले चासो ब्यक्त गरेका हुन् ।
सङ्घका अध्यक्ष ओमप्रकाश अग्रहरीले बौद्ध परिथपसँग जोडेर यो स्थानलाई बुद्ध भूमि चिनाउनमा गाउँपालिकाले काम गर्न सुझाव दिइएका थिए । उनले यसका लागि सङ्घले पनि निजी क्षेत्रको तर्फबाट यस क्षेत्रको प्रचार प्रसार र प्रवर्द्धनमा लाग्ने बताएका थिए । बौद्धकालीन (सरावल गाउँ) नामले चिनिने सम्भावित प्राचीन नगर भएको भन्दै गाउँपालिकाका तत्कालीन अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलेले उक्त स्थान नै सायुगा नगर भएको घोषणा समेत गरेर संरक्षण समेत गर्ने कार्यको शुभारम्भ गरेका थिए । तर पुरातात्त्विक अनुसन्धान नभएका कारण अहिले अन्य पूर्वाधार बनाउन सकेको छैन ।
अहिले पनि बुद्ध स्थलहरूको पहिचान सहितको पुस्तक नै प्रकाशित गरी पहिचान गराउने कार्य भई रहेको गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले बताएका थिए । लुम्बिनी प्रदेशको यो सायुगा जुन स्थानमा भगवान् गौतम बुद्ध र उनका अग्र सेवक आनन्द आएको स्थान हो । सायुगा या सापुगा नगर कलियो गणराज्यको एउटा समृद्ध र घना बस्ती भएको ब्यवासयिक नगर थियो । एक पटक आनन्द यहाँ आएका थिए र बसेका पनि थिए । अगुंतर निकायबाट यसको पहिचान हुन्छ ।
बौद्ध परम्परामा चित्तको शुद्धि प्रमुख साध्य हो । त्यो क्रमिक अभ्यासबाट सम्भव हुन्छ । बोधिसत्त्वले मन, वचन र कर्मको शुद्धिका लागि पुण्य र ज्ञानको सञ्चय गर्दछन् । जब पुण्य र ज्ञानको चरम सञ्चय हुन्छ, तब बोधिसत्त्व बुद्ध बन्छन् । पुण्य र ज्ञानको सम्भारका लागि पार मिताको अभ्यास गरिन्छ । यसले शील, समाधि र प्रज्ञाको सोपानमा आरोहण गर्न सहज बनाउँछ । साधनाको लक्ष्य हो, आधारभूत तहबाट धेरै परसम्म वा गहिराइसम्म पुग्नु । त्यसैले दुःखबाट पर लाने केही खास क्षेत्रलाई पारमिता भनिएको हो ।