ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

मनसुनजन्य विपदको बढ्दो जोखिम र कारणहरू

१ श्रावण २०८२, बिहीबार
१ श्रावण २०८२, बिहीबार

सामान्यतः नेपालमा मनसुन भित्रिने मिति जुन १३ भएपनि यस वर्ष मनसुन सरदर भन्दा १५ दिन अधि जेठ १५ (मे २६) मा नेपाल प्रवेश ग¥यो । त्यसपछिको दुई हप्ता मनसुन निस्क्रिय रहयो । नेपाल प्रवेश गरेको २३ दिन पछि मात्र मनसुन देशभर फैलन पुग्यो । मनसुन सक्रिय हुनासाथ पहाड बाढीपहिरोको चपेटामा परेको छ । मनसुन शुरु भएपछिका ४५ दिनको अवधिमै देशमा भएका बाढी पहिरोका २४६ घटनामा १९ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् ।

रसुवाको बाढी र हुम्लाको पहिरोले मानिसहरूलाई त्रसित बनाएका छ । देशको पूर्वी पहाडी क्षेत्रमा मनसुन शुरु हुनासाथ भएका बाढी र पहिरोका घटनामा सडक सम्पर्क नै विच्छेद भएको छ.। नदि कटान, डुबान, पहिरो र बाढीले खेतीयोग्य जमिन, घर, सडक, पूलपुलेसा र अन्य भौतिक संरचनाहरूमा क्षति पुगिरहेको छ । नेपालमा पछिल्ला वर्षमा मनसुनजन्य विपदको संख्या बढिरहेको देखिन्छ ।

गत वर्ष मनसुनजन्य विपदबाट ४९५ जनाको मृत्यु, ६६ जना बेपत्ता र ५२२ जना घाईते भएको गृह मन्त्रालयको तथ्यांक छ । मनसुनको अन्त्यतिर असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल र आरिघोप्टे पानीका कारण आएको पहिरो, बाढी तथा डुबानबाट काठमाण्डौ लगायतका ठाउँमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । सबैभन्दा धेरै क्षति बागमती प्रदेशमा भयो । तीन दिनको भारी वर्षाले २५० जनाको ज्यान लियो भने १८ जना बेपत्ता र १७८ जना घाइते भएका थिए ।

उक्त अवधिको ’क्षति तथा नोक्सानीको प्रारम्भिक आँकलन’ अनुसार करिब ४६ अर्ब ६८ करोड ४३ लाखभन्दा बढीको क्षति भएको थियो । आँकलन अनुसार सडक, पुल, जलविद्युत लगायत भौतिक पूर्वाधारतर्फ ३८ अर्ब ९२ करोड ३४ लाख, कृषि तथा पशुधनतर्फ ५ अर्ब ८८ करोड २८ लाख, शिक्षातर्फ ७ करोड २ लाख, स्वास्थ्यतर्फ २ करोड १७ लाख र सिंचाईतर्फ १ अर्ब ३५ करोडको क्षति भएको अनुमान छ ।

मनसुनजन्य विपत्तिबाट कम अवधिमा भएको यो ठुलो क्षति हो । मौसम विभागले यो वर्ष बढी वर्षा हुने र बाढी पहिरोका घटनाहरू बढ्ने पूर्वानुमान गरि सचेत र सुरक्षित रहन सुचना गरिरहेको छ । यो अवस्थालाई हेर्दा यो वर्ष नेपाल र नेपालीहरूले मौषमजन्य प्राकृतिक प्रकोपको कारणले गत वर्ष भन्दा धेरै क्षति भोग्नुपर्ने अनुमान छ ।

नेपालमा हरेक वर्ष दोहोरीरहने प्राकृतिक प्रकोप र त्यसबाट हुने क्षतिको अध्ययन गर्दा प्राकृतिक प्रकोपहरू बढ्नु र त्यसबाट धेरै क्षति हुनुमा मानिसका व्यवहारहरूले मुख्य भूमिका खेलेको देखिन्छ । खासगरी जल. जमिन र जंगलको उपयोगको सन्दर्भमा मानिसको बदनियत, लापरवाही र हेलचेक्र्याईपूर्ण कार्यहरूले प्राकृतिक प्रकोपको उत्पत्ति र विनाशलिलामा सघाइरहेका छन् ।यसलाई पछिल्ला वषृहरूमा बढ्दै गएको विस्वब्यापि ऊष्णिकरण र जलवायु परिवर्तनले समेत सघाईरहेको छ ।

नेपालको पहाडी क्षेत्रमा पछिल्ला वर्षहरूमा पहिरोका प्रकोपहरू बढिरहेका छन् । पहाडी क्षेत्रको भुबोट कमजोर भएकोले धेरै पहिरो जाने सम्भावना भएपनि धेरै पहिरो जानुमा मानवीय क्रियाकलापहरू मुख्य जिम्मेवार छन । ५० को दशक देखि पहाडका हरेक वस्तीहरूमा सडक पु¥याउने होडबाजी चलेको छ । विस्तृुत वातावरणिय प्रभाव मुल्यांकन नगरी डोजरको प्रयोग गरेर अन्धाधुन्द ढंगले बाटो खन्दा पहाडी क्षेत्रका कुलो, खोल्सा र पानीका मुलहरू पुरिदै गएका छन् ।

सानो बजेटमा बनाइएका सडकहरूमा पानी निकासको नालाहरू नबनाइने भएकोले वर्षातको पानी कच्ची सडकबाट बगेर पहाडको कमजोर जमिनलाई बगाउने गरेको देखिन्छ । झुम्सा चरंगे सडकको मुढाबास चौकिभञ्ज्याङ सडकको पहिरोलाई यसको उदाहरणको रूपमा हेर्न सकिन्छ । सडक जस्तै घर लगायतका अन्य भौतिक संरचना निर्माण गर्दा जमिनको अवस्था, भिरालोपन , जंगलको अवस्था र पानीको निकासको व्यवस्था जस्ता पक्षहरूलाई बेवास्ता गर्ने परम्परा बनिसकेकोले पहाडी क्षेत्रमा पहिरोका घटनाहरू बढिरहेका छन्।

२०७२ को महाभूकम्पले पहाडी क्षेत्रमा चिराचिरा पारेकोले यो वर्ष पनि ति ठाँउमा वर्षातको पानी पस्नाले पनि पहिरोको समस्या बढी हुने अनुमान गर्न सकिन्छ ।चुरेमा बढिरहेको मरुभूमिकरणको कारणले खोलाको सतह माथि उठ्नु र भारतले सिमा क्षेत्रमा बाँध बनाएको कारणले मात्र तराई डुवानमा परेको हैन, तराईका वस्तीहरूमा जलनिकासमा अवरोध उत्पन्न गरिएकोले धेरै गाँउवस्तीहरू डुबानमा पर्ने गरेका छन् ।

तराईका जिल्लाहरूमा जस्तै उपत्यकामा पनि मानव बसोबासयोग्य सबै ठाउका पानीका पुराना निकास पुरिएका छन् , खोलाहरू साघुँरिएका छन् । खासगरी शहर र नगरोन्मुख क्षेत्रमा प्लटिंग गर्दा कतिपय कुलाहरूको नामोनिशान नै मेटाइएको छ । घना वस्ती हुदै गएका गाँउतिर गएका कुलाहरू फोहरमैलाले गर्दा पुरिएका छन् र साघुरिएका छन् । यी कारणले गर्दा वर्षातको समयमा अलिकति बढी पानी पर्ने वित्तिकै ति क्षेत्रहरू डुबानमा पर्ने गरेका छन् । त्यसको प्रत्यक्ष अनुभव गत वर्ष काठमाडौंले गरिसकेको छ । परासी, भैरहवा, बुटवल, नेपालगञ्जले त यो समस्या भोग्न थालेको धेरै भैसकेको छ ।

नेपालमा अव्यवस्थित वस्ती विकासको क्रममा पुराना कुला, झरन र नालाहरू पुर्ने क्रमले तिब्रता पाएको छ । भूमाफिया, स्थानीय सरकार, कर्मचारी र नापी कार्यालयका कर्मचारीको मिलेमतो पानीका निकासहरू पुरेर प्लाटिंग गर्ने कामलाई बैधानिकता प्रदान गरिएको छ । कुलो साघुरो बनाएर भौतिक निर्माण गर्ने होडबाजी स्थानीय वासिन्दामा पनि देखिएको छ । अहिले कतिपय स्थानीय सरकारहरूले समेत सडक चौडा पार्ने नाममा खोला, नहर र कुलोहरू पुरेर निर्माण कार्य अघि बढाइरहेका छन् ।

पहाडी क्षेत्रमा कमजोर भूभाग डोजरले भत्काएर बाटो बनाउने काममा जनप्रतिनिधिहरू नै अघि सरिरहेका छन् र सुविधा पाउने लोभमा स्थानीय वासिन्दाले त्यसलाई सघाइरहेका छन् । सडक खन्दा कमजोर बनेकै जमिन खनेर र खोल्साहरू पुरेर घर बनाउने क्रम पनि पहाडी क्षेत्रमा बढिरहेको छ ।

पहाडी र हिमाली क्षेत्रमा पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका प्रत्यक्ष असरहरू देखा परिरहेका छन् । पहाडी र हिमाली क्षेत्रमा लामालामा खडेरी पर्न थालेका छन् भने डढेलो उकालिदै गएको छ । खडेरी र डढेलोले जमिनलाई सुख्खा बनाउदै लागेको छ । सुख्खा जमिन सामान्य वर्षामा पनि बग्ने गर्दछ. भिरालो पहाडमा सुख्खापन बढ्दा धुले पहिरोहरू समेत जाने क्रम बढेको छ ।

हिमाली क्षेत्रमा हिमगलनमा आएको तीव्रताले गर्दा हिमतालहरू विस्फोटनको खतरा बढ्दै गएको छ । निकै कम पानी पर्ने चिसो मरुभूमि भनेर चिनिने हिमाली क्षेत्रमा समेत अचेल ठुलो पानी पर्न थालेको छ । पहाडी क्षेत्रमा एक्कासि ठुलो पानी पर्ने, वर्षा चक्रमा अनियाटता हुने समस्याहरू बढिरहेका छन् । भूकम्पले चर्काएको र डोजरले छियाछिया बनाएको पहाडी भूभागमा छोटो समयमा ठुलो पानी पर्दा पहिरोको जोखिम धेरै हुने गरेको छ । तराईमा बग्ने अधिकांश नदीहरूको उत्पत्ति पहाडी क्षेत्रमै भएकोले पहाडी क्षेत्रमा ठुलो पानी पर्दा, भूक्षय हुँदा तराईका नदीहरू शक्तिशाली हुदै फैलने र बढी क्षति गर्ने गरेको देखिन्छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपद्बाट देशभर करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसङ्ख्या प्रभावित हुने आँकलन गरेको छ । मनसुन सक्रिय भएको ४५ दिनमा देशाबह्र त्यति ठुलो पानी परेको छैन तर गत वर्ष जस्तै मनसुन अवधिमा कुनैपनि समयमा धेरै पानी पर्ने र क्षति हुने खतरा जिवितै छ. मानवजन्य, भौगर्भिक र जलवायु परिवर्तनजन्य कारणले गर्दा गत वर्ष जस्तै पानी परेमा पनि यो वर्ष त्यो भन्दा बढी क्षति हुने देखिन्छ ।

नेपालमा मनसुनजन्य विपत्ति आउँदा रोइकराई गर्ने र हिउँदा लाग्दा समस्या बिर्सदै जाने पुरानै रोग हो । गत वर्षको समस्याबाट पाठ नसिकेकोले र राज्य तथा समुदायको पूर्व तयारी समेत नभएकोले गर्दा विगतमा भन्दा विकराल समस्या आगामी दिनमा नहोला भन्न सकिदैन । प्राकृतिक बिपत्ति नदोहोरियोस र विपत्ति आउदा पनि कम क्षति होस् भन्नको लागि अहिले देखि नै साबधानी अपनाउनु पर्छ । खोला नदीका जलाधार र वहाव क्षेत्रमा भैरहेको दोहन र अतिक्रमणलाई तुरुन्तै रोकेर नदीको पुरानो बहाव मार्ग कायम गरिनु पर्छ ।

डुबान रोक्नको लागि पुराना सबै कुलो, खोल्साहरूको नक्शांकन गरि त्यहाँ भैरहेका भौतिक निर्माणलाई तुरुन्तै हटाउनेर नयाँ निर्माण गर्न रोक लगाउने नीति बनाएर कडाइकासाथ लागु गर्नु पर्दछ । पहाडी क्षेत्रमा जसरि भएपनि सडक पु¥याउने भन्ने अन्धविकासबादी सोचमा परिवर्तन गरेर हरित सडक निर्माणलाई जोड दिनुपर्दछ । जति नै सुगम र अवसरयुक्त ठाउँ भएपनि बाढी र पहिरो आउन सक्ने तथा जोखिमपूर्ण भनि पहिचान गरिएका ठाँउमा बसोबास गर्नु हुदैन भन्ने कुरालाई सबैले मूल मन्त्र मान्नु पर्दछ । प्रकृति बहुलाउन्न, बहुलाउन बाध्य पार्ने मानिस नै हो भन्ने कुरा सबैले बुझेमा जीवन र सम्पत्तिलाई प्राकृतिक विपत्तिबाट अवस्यपनि सुरक्षित राख्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?