ट्रेंडिंग:

>> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

मधुमेह रोगीको उकालो ग्राफ

१ श्रावण २०८२, बिहीबार
१ श्रावण २०८२, बिहीबार

पाल्पा, ०१ साउन । 

पछिल्लो समयमा हाम्रो रहन सहन, खानपानका कारणले मधुमेहका रोगीहरू बढ्दै गएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सबैभन्दा बढी १० स्थानीय तह मध्ये वगनासकाली गाउँपालिकामा देखिएको हो । कार्यालयको नियमित कार्यक्रम अनुसार १० स्थानीय तहका १३ हजार ४ सय ४७ जनाको स्वास्थ्य परीक्षणमा ७५ प्रतिशतमा सामान्य खालको, १९.७ प्रतिशतमा लक्षण देखा पर्न लागेको र ४.६ प्रतिशतमा कडा प्रकृतिको देखा परेको थियो ।

फरक–फरक उमेर समूहमा परीक्षण गर्दा कडा प्रकृतिको मधुमेह सबैभन्दा बढी वगनासकाली गाउँपालिकामा ८ प्रतिशत भेटिएको कार्यालयका क्षय, कुष्ठ शाखाका प्रमुख विश्व न्यौपानेले बताए । उनका अनुसार सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा ३.३ प्रतिशत भेटिएको थियो । तीन भागमा वर्गीकरण गरिएको तथ्यांकमा कडा प्रकृतिको मधुमेह र रम्भा गाउँपालिकामा ७.५ माथागढीमा ६.६,रामपुरमा ६.३ रिब्दीकोटमा ४.८ रैनादेवी र तानसेन नगरमा ४.७ निस्दी र तिनाउमा ३.५ प्रतिशत कडा प्रकृतिको मधुमेह भेटियो ।

पछिल्लो समयमा सर्ने रोगहरूका विषयमा जनचेतनाको कारण न्यूनीकरण हुँदै गएको छ । भयावह रूपमा नसर्ने प्रकृतिका रोगहरू देखा परेका छन् । यसका लागि रहन सहन, खानपान जस्ता कुरामा ध्यान केन्द्रित नगरेका कारण समस्याका रूपमा देखा पर्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख टुक प्रसाद पोखरेलले बताए । यस्ता विषयमा स्थानीय सरकार, स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी, स्थानीय शाखा प्रमुख अति संवेदनशील बन्न जरुरी रहेको उनले बताए ।

जिल्लामा सबै भन्दा बढी ५० वर्ष देखि ५९ वर्ष उमेर समूहमा १८९ जनामा कडा प्रकृतिको भेटियो । त्यसै गरी ६० देखि ६९ वर्ष समूहमा १६९जना, ७० देखि ७९ सम्म ९४ जना, ८० देखि ८९ उमेर समूहमा १५ जना ९० वर्ष भन्दा माथिको उमेर समूहमा १ जनामा कडा प्रकृतिको भेटिएको थियो । तिन खण्डमा वर्गीकरण गरिएकोमा १० हजार १ सय ७९ जनामा सामान्य प्रकृतिको २ हजार ६ सय ५५ जनामा लक्षण देखा परेको र ६सय १५ जनामा कडा प्रकृतिको भेटिएको थियो । मध्यम खालको मधुमेह सबै भन्दा बढी पुर्वखोलामा देखा परको कार्यालयले जनाएको छ ।

पुर्वखोलामा २६, रैनादेवी छहरामा २४.९, वगनासकालीमा २३.६ माथागढीमा २२.२, रिब्दीकोटमा २०.९ रामपुरमा १९.९ तिनाउमा १९.४ निस्दीमा १८.६ तानसेनमा १५.९ प्रतिशत भेटिएको थियो । त्यसै गरी सामान्य प्रकृतिको मधुमेह सबै भन्दा बढी तानसेन नगर भित्र भेटिएको छ। नगरमा ७९.४, पुर्वखोलामा ७९.३, निस्दीमा ७७.६,तिनाउमा ७७.१, रिब्दीकोटमा ७४.३ रामपुरनगरमा ७३.८, माथागढीमा ७१.२ प्रतिशतमा सामान्य प्रकृतिको मधुमेहको लक्षण भएका व्यक्ती भेटिएको कार्यालय प्रमुख पोखरेलले बताए ।

यस्ता प्रकृतिका रोगी तथा बिरामीको संख्या बढ्दै जानु भनेको राम्रो पक्ष होइन । खानपानमा ध्यान दिने नियमित रूपमा व्यायाम गर्नु पर्दछ । खानामा ध्यान नदिने,व्यायाम नगर्ने हुँदा यस्तो समस्या आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?