© 2026
बुटवल, १ साउन ।
तमु गुरुङ्हरुको महान पर्व “ह्युल च्युपा त्हि” नयाँ राज्य बिस्तार पर्व विविध कार्यक्रम सहित बुटवलमा मनाइएको छ ।
प्राचीनकालमा गुरुङ्हरुको राज्य भएको र उक्त राज्य बिस्तार गरिएको आजको दिनलाई पर्वको रुपमा मनाउन थालिएको कार्यक्रमका बक्ताहरुले बताएका थिए । तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देहिको आयोजनामा बुटवलमा भएको कार्यक्रममा बोल्दै परिषदक लुम्बिनी प्रदेश प्रमुख झपट गुरुङ्ले हामिले हाम्रै पर्वहरुलाइ चिन्न नसकेको बताए । प्रमुख गुरुङ्ले हाम्रो संस्कृिी झल्कने पर्वहरुले हाम्रो पहिचान दिने भएकाले यसको संरक्षणमा हामी र हाम्रो सस्था लाग्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै लिपि विद तथा संस्कृतिका जानकार बालनर सिङ गुरुङ्ले हिमवत क्षेत्रमा हामी तमुहरुको प्राचीन राज्य भएको बताउनु हुँदै आजकै दिनमा राज्य बिस्तार भएकोले यो पर्वको महत्व रहेको बताए । मातृभाषा अभियान्ता भिम गुरुङले सस्कार सस्कृतिमा धनी रहेको गुरुङ जातिले आफ्नो भाषा र सस्कृती जगेर्ना गर्न लागि पर्नु पर्ने बताए ।
तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देही जिल्ला अध्यक्ष राम बहादुर गुरुङ्को अध्य्क्षतामा भएको कार्यक्रममा परिषदका प्रदेश अध्यक्ष लाल बहादुर गुरुङ जिल्ला संरक्षक परिषद सभापति विमला गुरुङ लगायतले बोलेका थिए । खेगी पुरोहित मोमबहादुर तमुले पुजापाठ गरेको कार्यक्रममा जिल्ला वरिष्ठ उपाध्यक्ष आशा तमु, जिल्ला सचिव इश्वर तमुलगायतले मन्तव्य व्यक्त गरेका थिए ।