ट्रेंडिंग:

>> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले

कृषि पकेटको बजेट फ्रिज

१ श्रावण २०८२, बिहीबार
१ श्रावण २०८२, बिहीबार

सुनवल, ०१ साउन ।

स्थानीय तहको बेवास्ताले नवलपरासीका तीन स्थानीय तहमा सङ्घीय सरकारले कृषिको पकेट विकास कार्यक्रमका लागि पठाएको बजेट फ्रिज भएको छ । एक वटा पालिका बाहेक छ वटा स्थानीय तहमा कृषि मन्त्रालयको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सशर्त अनुदानको रूपमा स्थानीय तहलाई उपलब्ध गराएको बजेट पूर्ण रूपका कार्यान्वयन हुन नसकेको हो ।

रामग्राम बाहेक सुनवल नगरपालिका, पाल्हीनन्दन गाउँपालिका र सुस्ता गाउँपालिकाले पकेट विकास कार्यक्रम सञ्चालन गर्न सकेनन् । जसका कारण प्रत्येक स्थानीय तहलाई १२ लाखका दरले विनियोजन भएको ३६ लाख बजेट फ्रिज भएको छ । सुनवलमा आलु, पाल्हीनन्दन र सुस्तामा धान खेतीको लागि पकेट विकास कार्यक्रम अन्तर्गत केन्द्र सरकारले बजेट सिधै स्थानीय तहमा पठाएको थियो । तर उक्त बजेट कार्यान्वयनमा चासो नदिँदा उत्पादन वृद्धि गर्ने गरी किसान लक्षित गरेर विनियोजन भएको बजेट कार्यान्वयन हुन नसकेको हो ।

सुनवलमा आलुको पकेट क्षेत्र बनाउने गरी आलु खेती प्रवद्र्धनका लागि बजेट विनियोजन भएको थियो । साथै प्रदेश सरकारले समेत सुनवलमा आलुका लागि बजेट विनियोजन गरेपनि चालु आर्थिक वर्षमा खर्च हुन नसकेको नगरपालिकाले जनाएको छ । सुनवलमा आलु खेती प्रवद्र्धनकै लागि प्रदेश र सङ्घीय सरकारको गरी २२ लाख बजेट कार्यान्वयन हुन नसकेको बताइएको छ ।

सुनवल नगरपालिकाका सहायक कृषि अधिकृत मनोज न्यौपानेले ठुलो क्षेत्रफलमा खेती गर्नुपर्ने मापदण्ड भएकाले कार्यान्वयनमा समस्या आएको बताए । तर परासीमा आयोजित समीक्षा कार्यक्रममा कृषि क्षेत्रका विज्ञहरूले २० हेक्टर क्षेत्रफल व्यवस्थापन गर्न स्थानीय तहका लागी कुनै ठुलो समस्या नभएको भन्दै लापरबाही देखिएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई भैरहवाका प्रमुख नारायण काफ्लेले पकेट विकासको कार्यक्रम कार्यान्वयन नहुँदा आगामी दिनमा उक्त कार्यक्रम स्थानीय तहलाई दिने कि नदिने भन्नेमै प्रश्न उब्जिएको बताए । ‘उत्पादन वृद्धि गर्ने गरी ठुलो क्षेत्रफलमा किसानले खेती गरुन् भनेर सरकारले किसानको सहजताका लागी बजेट विनियोजन गरेको छ, तर उक्त बजेट खर्च नभई फ्रिज भयो भनेर माथिल्लो निकायमा रिपोर्टिङ गर्नुपर्ने अवस्था आउनु राम्रो होइन, काफ्लेले भने ।’ यसै गरी पाल्हीनन्दन गाउँपालिकामा धान पकेट विकास कार्यक्रम सञ्चालनमा आउन सकेन ।

पाल्हीनन्दनमा धान खेतीका लागी जमिन व्यवस्थापनमा कुनै समस्या नभएको भए पनि जनप्रतिनिधि र कर्मचारीकै बेवास्ताले किसानका लागी आएको रकम त्यसै फ्रिज भएको गुनासो कृषि सम्वद्ध कार्यालयका अधिकारीहरूको छ । विभिन्न समूह बनाएर काम गर्न सकिने भए पनि त्यसको लागी स्थानीय तह गम्भीर नबन्दा समस्या आएको कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर रवीन्द्रनाथ चौवेले बताए ।

यसै गरी सुस्तामा पनि धान पकेटको कार्यक्रम सञ्चालनमा आउन सकेन । स्थानीय तहले कार्यपालिकाबाट पास गराएर मात्र पकेट विकास कार्यक्रम संन्चालन गर्नुपर्ने व्यवस्था रहेकाले कतिपय स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधि बिचको टसलका कारण समेत काम हुन नसकेको बताइएको छ । बर्दघाट नगरपालिकाले मकै, प्रतापपुर र सरावल गाउँपालिकाले धान खेतीको पकेट विकास कार्यक्रम भने सञ्चालन गरेका छन् । गत आर्थिक वर्षमा पनि जिल्लामा पकेट विकास कार्यक्रमको प्रगति पचास प्रतिशत मात्र थियो भने यस वर्ष पनि त्यस्तै अवस्था रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?