ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

ओली नेतृत्व सरकारको एक वर्ष 

१ श्रावण २०८२, बिहीबार
१ श्रावण २०८२, बिहीबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रूपमा नेतृत्व गरेको एक वर्ष पूरा भएको छ । नेपाली काँग्रेसको सहयोगमा ओलीले एक वर्षअघि चौथो पटक देशको नेतृत्व गर्नुभएको थियो । एक वर्ष पूरा हुँदै गर्दा ओली नेतृत्वको सरकारको काम आशाप्रद भन्दा पनि सन्तोषजनकमात्रै भएको गुनासो बढेको छ ।

काँग्रेस र एमाले सम्मिलित गठबन्धन सरकारले खासै प्रभावकारी काम गर्न नसकेको र सरकार अलमलिएको गुनासो छ । जनतामा सरकारबाट आशा र अपेक्षा भन्दा पनि निराशा बढी देखिएको छ । यद्यपि पछिल्लो समय हरेक कुरामा असन्तुष्टि र निराशा देख्ने प्रवृत्ति बढिरहेको बेला सरकारको एक वर्षलाई लिएर टिप्पणी हुनु स्वाभाविक हो । सरकारका काम कारबाहीलाई लिएर सकारात्मक र नकारात्मक दुवै कोणबाट समीक्षा हुने गरेको छ ।

सरकारले जनतालाई सबैभन्दा ठुलो कुरा महँगीबाट राहत दिनु थियो । सरकार यस मानेमा सफल भएको छ । किनभने महँगी यो वर्ष घटेको छ । तर, सुशासन र आर्थिक पारदर्शिताको नारा दिएको सरकारले सुशासनको अनुभूति दिलाउन नसकेको गुनासो व्यापक छ । हरेक दिन भ्रष्टाचारका घटना सार्वजनिक भइरहेका छन् ।

सङ्घीय मामिला मन्त्री नै भ्रष्टाचार काण्डमा फसेर राजीनामा दिनुपर्ने बाध्यता उत्पन्न भएको छ । सरकार सुशासन र पारदर्शिताको सवालमा कमजोर साबित यो पछिल्लो उदाहरण हो । त्यो सँगै अहिले भ्रष्टाचारका घटना बढेको बढ्यै छन् । सरकारका मन्त्रीहरू कुनै न कुनै काण्डको हिस्सेदार भएर प्रस्तुत भइरहेका छन् ।

यो सबै कुरा नहुनुपर्ने हो तर भइरहेको छ र सरकार जबाफदेही बन्न नसकिरहेको अवस्था छ । त्यसै पनि विद्यमान अस्थिरताको सङ्कट अन्त्य गर्न प्रमुख शक्ति काँग्रेस र एमाले एक ठाउँमा उभिनुपरेको अवस्था मुलुकका लागि जति सुखद थियो, यो एक वर्षले निराशा सबै चिनुपर्ने थियो तर अवस्था त्यस्तो रहेन ।

प्रजातान्त्रिक आदर्श बोकेको काँग्रेस र जनताको बहुदलीय जनवाद (जबज) चिन्तन अँगालेको एमालेबीचको सहकार्यले मुलुकले निकास पाउने जनताको आशा र विश्वास कति पूरा भयो, त्यो आगामी दिनमा समीक्षाको बिषय होला । त्यसै पनि प्रधानमन्त्री ओलीको एक बर्षको सत्तायात्रा सहजताका साथ यहाँसम्म आईपुगेको अवश्य होइन ।

अनेकौ खालको चुनौति र कांग्रेसलाई मिलाएर लैजानुपर्ने हुँदा प्रधानमन्त्रीसँग अहिलेपनि चौतर्फी दबाब छन् । जेहोस एक वर्षअघि सरकारको नेतृत्व लिँदै गर्दा सरकारमाथि ठुलो चुनौति थियो– देशको अर्थतन्त्र सही दिशामा ल्याउनु । तर, एक बर्षको बीचमा देशको अर्थतन्त्रमा अपेक्षित सुधार देखिएको छ । शोधनान्धर बचतमा छ ।

रेमीटान्स बढेको छ । ओली सरकारको एक वर्ष आशाप्रद र अपेक्षित रह्यो भन्दा अत्युक्ति हुँदैन । त्यत्तिकैरूपमा असन्तुष्टि पनि सुनिएको छ । कठिन परिस्थितिमा सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाएका ओलीका निम्ति बेलाबेलामा कांग्रेसमा नयाँ गठबन्धन बनाउने कुराले तर्साएको अवस्था पनि छ ।

राम्रो काम गर्ने प्रधानमन्त्रीको इच्छा हुँदाहुँदै पनि कतिपय बाधा ब्यवधान अवरोधका रूपमा देखापरेका छन् । अवको दिनमा प्रधानमन्त्रीका लागि अझै एक बर्षको समय बाँकी छ । तसर्थ ओली सरकारको अवको प्रमुख जिम्मेवारी र दायित्व भनेको जनतालाई सुशासन दिलाउनु र राहत दिनु हो ।

यद्यपि प्रधानमन्त्री देशलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पबाट भने चुकेका छन् । अव सरकारको प्रमुख प्राथमिकता राष्ट्रिय सहमतिका साथ संविधान संशोधन हुनुपर्दछ । अहिलेसम्म यो बिषय गुपचुप छ । सरकार चलाउने कुरामात्रै होइन, प्रणालीगत सुधारको पक्षमा दुवै पार्टी मिलेर गरिएको आह्वानले देशलाई नयाँ दिशा दिने भएकोले अव सरकारको काम संविधान संशोधनतर्फ जाओस् ।

सबै दलको सहमतिमा संविधान संशोधन हुन सक्यो भने त्यो प्रधानमन्त्री ओलीको सफलता हुनेछ । तसर्थ सरकारको काम अव त्यसतर्फ अघि बढोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?