© २०२३
बुटवल, ०१ साउन ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासमा बर्सेनि मुद्दाको सङ्ख्या बढेपछि एक वर्ष पुराना मुद्दा फर्छ्यौट भएका छन् । शीघ्र न्याय प्रणालीबाट मुद्दा हेर्न सुरु गरेपछि बुटवल इजलासमा वर्ष दिन पुराना मुद्दा नरहेका हुन् ।आर्थिक वर्ष २०८०र०८१ मा २३ सय ६६ मुद्दा दर्ता गरेको बुटवल इजलासले आव ०८१र०८२ मा दर्ता सङ्ख्या बढेर ३९ सय १३ पुगेको थियो । मुद्दा दर्ता सँगै फर्छ्यौटको सङ्ख्या समेत बढ्दै गएको उच्च अदालत बुटवलले जनाएको छ ।
गएको एक वर्षमा ३२ सय ९ मुद्दा फर्छ्यौट गर्न सफल भएको बुटवल इजलासमा आर्थिक वर्ष ०८१र८२ मा कुल मुद्दाको सङ्ख्या ३९ सय १३ रहेको थियो । १ वर्ष भन्दा माथिका पुराना मुद्दा शून्य रहेको बुटवल इजलासमा नयाँ दर्ता ३ हजार ८१ रहेको र मुद्दा फर्छ्यौटको ८२।१ प्रतिशत फैसला गरेको बुटवल इजलासले ७ सय ४ वटा मुद्दा फैसला गर्न बाँकी रहेको जनाएको छ ।
६ महिना भित्र मुद्दा परेका ५ सय ९७ मुद्दा छन भने ६ महिना अगाडीका १ सय ७ मुद्दा बाँकी रहेको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले बताए । फैसलाको सङ्ख्या राम्रो भएको भन्दै कुँवरले भने विभिन्न समस्याका कारण पनि कुल ८२ प्रतिशत मुद्दा फैसला गर्न सफल भएको बताए ।
उच्च अदालत तुलसीपुर बुटवल इजलास मातहत रहेका जिल्ला अदालतहरू मध्ये रुपन्देही जिल्ला अदालतमा गएको एक वर्षमा ४ हजार ९ सय ५८ मुद्दा परेका छन् । जिम्मेवारी भई आएका मुद्दाको सङ्ख्या ४ हजार ८१ रहेको कुल मुद्दाको सख्या ९ हजार ३९ रहेकोमा ५७ सय ३९ वटा मुद्दा फर्छ्यौट भएका हुन् । जिल्ला अदालत नवलपरासीमा दोस्रोमा परेको छ ।
नवलपरासीमा आर्थिक वर्ष ८१र०८२ मा १९ सय ९६ मुद्दा परेका छन् । जिम्मेवारी सरेका मुद्दाको सङ्ख्या १५ सय ५९ रहेको कुल ३५ सय ५५ मुद्दा रहेकोमा २४ सय ३१ मुद्दाको फर्छ्यौट भएका हुन । जिल्ला अदालत कपिलवस्तु धेरै मुद्दा दर्ता हुनेमा तेस्रो नम्बरमा परेको छ ।
गएको एक वर्षमा २५ सय ६६ मुद्दा दर्ता गरेको जिल्ला अदालत कपिलवस्तुमा जिम्मेवारी सरेका १८ सय ५० रहेको र कुल ४४ सय १६ मुद्दा मध्ये २८ सय ७० मुद्दाको फैसला भएको हो । जिल्ला अदालत पाल्पामा नयाँ मुद्दा दर्ता भएको ८ सय ११ रहेका छन् ।
जिम्मेवारी सरेका २ सय ७० रहेकोमा कुल १० हजार ८१ मुद्दा रहेकोमा ८ सय १ मुद्दा फर्छ्यौट भएको देखिन्छ भने जिल्ला अदालत गुल्मीमा ५ सय ६८ मुद्दा दर्ता भएका छन् जिम्मेवारी सरेका १ सय ९४ रहेका छन् कुल मुद्दाको सङ्ख्या ७ सय ६२ रहेकोमा ५ सय ५० मुद्दाको किनारा लागेको हो । जिल्ला अदालत अर्घाखाँचीमा नयाँ ४ सय ४४ मुद्दा दर्ता भएका छन् भने जिम्मेवारी सरेका १ सय ५४ मुद्दा रहेका छन् कुल जिल्लामा रहेका ५ सय ९८ मुद्दा मध्ये ५ सय २५ किनारा लागि सकेको छ ।