© २०२३
काठमाडौं ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्पेन भ्रमणपछि नफर्किएका व्यक्तिहरूको विषयमा सरकारले अनुसन्धान गरिरहेको बताएका छन्।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन स्पेन गएका केही व्यक्ति सरकारी सूचीबाहिर गएर नफर्किएको विषयमा सरकारले ध्यान दिएको स्पष्ट पारे।
प्रधानमन्त्रीसँग गएका व्यक्तिहरू नै हराए भन्ने दाबी गलत भएको उल्लेख गर्दै गुरुङले भ्रमणमा प्रधानमन्त्री ओलीले कुनै व्यक्तिलाई छाडेर फर्किएको भन्ने कुरा निराधार भएको बताए।
उनका अनुसार प्रधानमन्त्री, राष्ट्रपति वा उपराष्ट्रपतिको विदेशी भ्रमणमा सहभागी संख्याका लागि आचारसंहिता नै तय गरिएको छ, जसअनुसार २१ जनाभन्दा बढी लैजान नपाइने व्यवस्था छ।