Butwal Today

सामान्य प्रशासनमन्त्रीको शपथ तीन घण्टा पर सर्‍यो

३२ असार २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भगवती न्यौपानेको शपथ ग्रहणको समय पर सारिएको छ। राष्ट्रपति कार्यालयका अनुसार उनको शपथ आज साँझ ६ बजेका लागि तय गरिएको छ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शपथ दिउँसो ३ बजे हुने जानकारी दिएको थियो, तर त्यो समय तीन घण्टाले सारिएको हो।

न्यौपानेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सामान्य प्रशासनमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि राजीनामा दिएका राजकुमार गुप्ताको स्थानमा न्यौपाने मन्त्री बनेकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?