© २०२३
काठमाडौं ।
संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले सिंहदरबारमा निर्माणाधीन संसद् भवनको ढिलाइप्रति गम्भीर असन्तोष व्यक्त गर्दै शहरी विकास मन्त्रालयलाई साउन ११ गते छलफलमा बोलाउने निर्णय गरेको छ।
बुधवार सिंहदरबारमा बसेको बैठकमा समितिले हालसम्मको प्रगति, कार्ययोजना र आगामी पुस १६ गतेसम्म भवन निर्माण सक्ने भनिएको म्यादको विश्वसनीयता माग गर्दै मन्त्रालयलाई पत्राचार गर्ने निर्णय लिएको हो। समितिका सभापति ठाकुर गैरेले पटक–पटक अनुगमन र पत्राचार गर्दा पनि काम नसकिएकोप्रति गुनासो गर्दै तोकिएको समयसीमाभित्र निर्माण सकिने कार्यतालिका स्पष्ट गर्न निर्देशन दिएका छन्।
त्यसैगरी बैठकले कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरिएको स्थलगत अनुगमन प्रतिवेदनसमेत पारित गरेको छ। प्रतिवेदन शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सेवाका अवस्थामाथि केन्द्रित छ, जुन कार्यान्वयनका लागि प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयमा पठाइनेछ।