ट्रेंडिंग:

>> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा

लुम्बिनीका मन्त्री ढकाल फेरि विवादमा !

३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

बुटवल, ३२ असार ।

लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मातहतका कार्यालयहरूलाई निश्चित सञ्चार माध्यममा मात्र सूचना वा विज्ञापन दिन निर्देशन दिएको पाइएको छ । स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले निजी सचिवालय मार्फत यस्तो निर्देशन दिएका हुन् ।

यसबाट मन्त्रीको सचिवालयमै विज्ञापनमा सिन्डिकेट गरी कमिसनको चलखेलमा लागेको देखिएको उनकै मन्त्रालय अन्तर्गतका कार्यालयका अधिकारीहरूको दाबी छ । मन्त्रालय मातहत प्रदेशका १२ वटै जिल्लामा सडक पूर्वाधार विकास कार्यालय, एक यातायात पूर्वाधार निर्देशनालय र एक ग्रामीण सडक सञ्जाल सुधार आयोजना छन् ।

यी सबै कार्यालयलाई लक्षित गर्दै निजी सचिवालयले सूचना र विज्ञापन एउटै पत्रिकालाई मात्र दिन निर्देशन दिएको पाइएको हो । सडक पूर्वाधार विकास कार्यालयका एक प्रमुखले नाम उल्लेख नगर्ने सर्तमा भने– “सबै कुरा भन्न सक्दिनँ, तर निर्देशन आएको सत्य हो ।” अन्य एक लेखा अधिकृतले पनि निर्देशनबारे आफूले सुनेको बताए । “मन्त्रीको सचिवालयबाट यस्तो निर्देशन आएको हल्ला मैले पनि सुनेको छु,” उनले भने ।

तर गुल्मीका सडक कार्यालय प्रमुख सचिन्द्र चौधरी र प्युठानका प्रमुख चन्द्र शाहले भने मन्त्रालयबाट आधिकारिक रूपमा यस्तो निर्देशन नआएको दाबी गरे । उक्त विषयमा मन्त्रीसँगको कुराकानीमा उनले यस्तो कुनै निर्देशन नदिइएको दाबी गरे । “सूचना वा विज्ञापन प्रकाशन सम्बन्धित कार्यालयहरूको अधिकार क्षेत्र हो, मबाट कुनै निर्देशन गएको छैन ।

यदि मेरो सचिवालयबाट त्यस्तो निर्देशन गएको प्रमाणित भए, आवश्यक कारबाही हुनेछ”–मन्त्री ढकालले भने । यसबारे मन्त्री ढकालका निजी सचिव प्रकाश भुसाललाई सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।यसअघि मन्त्री ढकाल बजेट विनियोजनमा पनि आलोचित बनेका थिए ।

मन्त्रालयको ९ अर्ब ९२ करोड रुपैयाँको बजेट असन्तुलित ढङ्गले आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित गरेको आरोप उनीमाथि लागेको हो । रुपन्देही–५ को वडा नम्बर १०, जुन ढकालको गृह वडा हो, त्यहाँ मात्र ६ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । विज्ञापन निर्देशन प्रकरणले मन्त्री ढकाल थप विवादमा फसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?