Butwal Today

अमेरिकाबाट फेरि १९ नेपाली डिपोर्ट

३२ असार २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन्। अध्यागमन विभागका अनुसार, २५ जेठमा ३७ नेपाली चार्टर्ड विमानमार्फत फर्किएयता एक/दुई जनाका दरले नियमित उडानबाट फर्किने क्रम जारी छ। हालसम्म ट्रम्प प्रशासनको कडा अध्यागमन नीतिपछि अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १९७ पुगेको विभागले जनाएको छ।

डिपोर्ट भएकामध्ये अधिकांश तल्लो बाटो (अवैध मार्ग) हुँदै अमेरिका प्रवेश गर्ने प्रयासमा थिए। उनीहरूले मानव तस्करलाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएका थिए र प्रायः चिनजानकै व्यक्तिबाट प्रलोभनमा परेका थिए। यसै सन्दर्भमा प्रहरीले मानव बेचबिखन अनुसन्धानका लागि विमानस्थलमै सोधपुछ गरे पनि ३७ मध्ये कसैले पनि जानकारी दिन मानेनन् र भोलिपल्ट सम्पर्कमै आएनन्।

प्रहरीका अनुसार, धेरै पीडित बिचौलियाबाट पुनः विदेश पठाइने आश्वासनका कारण उजुरी गर्न हिच्किचाउने गर्छन्। यस्तै व्यवहारका बीच प्रहरीले भने मानव तस्करीमा संलग्न गिरोहबारे अनुसन्धान अघि बढाउने प्रयास जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?