© २०२३
बुटवल, ३२ असार । पछिल्लो प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदबारलाई अन्तरर्घात गरेको भन्दै नेपाली काग्रेस पार्टी केन्द्रीय अनुशासन समितिले लुम्बिनी प्रदेश कार्यसमिति सदस्य विष्णु प्रसाद पोखरेललाई स्पष्टिकरण पेश गर्न पत्र पठाएको छ ।
केन्द्रीय कार्यालयबाट बुधबार पोखरेललाई च नं २७९ को पत्र काटेर एक हप्ताभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।
पोखरेललाई बिसं २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदबार बिरुद्ध अन्तरर्घात गरेको आरोप छ ।
रुपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ५ क्षेत्रिय सभापति बसिउल्लाह मुसलमानले केन्द्रिय अनुशासन समितिमा गरेको उजुरी दिएका थिए । यथार्थ र चित्तबुझदो स्पष्टिकरण प्राप्त हुन नआएमा पार्टीको विधान बमोजिम प्रक्रिया अघि बढाउने समेत समितिका संयोजक आनन्दमान ढुंगाना जारी पत्रमा उल्लेख छ ।