Butwal Today

सिरहाको कल्याणपुरका नगरप्रमुख साह घुस लिँदालिँदै पक्राउ

३२ असार २०८२, बुधबार
अ+
अ-

सिरहा ।

कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साहलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ।

बर्दिबासस्थित आयोग कार्यालयबाट खटिएको टोलीले मंगलबार उनलाई नगरपालिकाको कार्यालय परिसरमै सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिँदै गर्दा नियन्त्रणमा लिएको हो।

साह नेकपा (एमाले) बाट निर्वाचित नगरप्रमुख हुन्। उनलाई थप अनुसन्धानका लागि बर्दिबास कार्यालयमा लगिएको छ।