© २०२३
काठमाडौं ।
लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८औं बैठकले आगामी आर्थिक वर्षका लागि ४९ करोड ५९ लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको बैठकमा रजिष्ट्रार डा. तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट सर्वसम्मतिले पारित भएको हो।
बैठकमा विश्वविद्यालयको बेरुजु वर्तमानमा केवल शून्य दशमलव ५ प्रतिशत रहेको जानकारी पनि गराइएको छ। कुलपति ओलीको निर्देशनअनुसार सबै विश्वविद्यालय प्रतिष्ठानहरूले नयाँ आर्थिक वर्ष सुरु हुनुअघि नै बजेट र कार्यक्रम सिनेटबाट स्वीकृत गराउनुपर्ने व्यवस्था अनुसार छोटो सूचना मार्फत सभा आयोजना गरिएको हो।