ट्रेंडिंग:

>> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए

लुम्बिनीका मन्त्री ढकाल फेरि विवादमा !

३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

बुटवल, ३२ असार ।

लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मातहतका कार्यालयहरूलाई निश्चित सञ्चार माध्यममा मात्र सूचना वा विज्ञापन दिन निर्देशन दिएको पाइएको छ । स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले निजी सचिवालय मार्फत यस्तो निर्देशन दिएका हुन् ।

यसबाट मन्त्रीको सचिवालयमै विज्ञापनमा सिन्डिकेट गरी कमिसनको चलखेलमा लागेको देखिएको उनकै मन्त्रालय अन्तर्गतका कार्यालयका अधिकारीहरूको दाबी छ । मन्त्रालय मातहत प्रदेशका १२ वटै जिल्लामा सडक पूर्वाधार विकास कार्यालय, एक यातायात पूर्वाधार निर्देशनालय र एक ग्रामीण सडक सञ्जाल सुधार आयोजना छन् ।

यी सबै कार्यालयलाई लक्षित गर्दै निजी सचिवालयले सूचना र विज्ञापन एउटै पत्रिकालाई मात्र दिन निर्देशन दिएको पाइएको हो । सडक पूर्वाधार विकास कार्यालयका एक प्रमुखले नाम उल्लेख नगर्ने सर्तमा भने– “सबै कुरा भन्न सक्दिनँ, तर निर्देशन आएको सत्य हो ।” अन्य एक लेखा अधिकृतले पनि निर्देशनबारे आफूले सुनेको बताए । “मन्त्रीको सचिवालयबाट यस्तो निर्देशन आएको हल्ला मैले पनि सुनेको छु,” उनले भने ।

तर गुल्मीका सडक कार्यालय प्रमुख सचिन्द्र चौधरी र प्युठानका प्रमुख चन्द्र शाहले भने मन्त्रालयबाट आधिकारिक रूपमा यस्तो निर्देशन नआएको दाबी गरे । उक्त विषयमा मन्त्रीसँगको कुराकानीमा उनले यस्तो कुनै निर्देशन नदिइएको दाबी गरे । “सूचना वा विज्ञापन प्रकाशन सम्बन्धित कार्यालयहरूको अधिकार क्षेत्र हो, मबाट कुनै निर्देशन गएको छैन ।

यदि मेरो सचिवालयबाट त्यस्तो निर्देशन गएको प्रमाणित भए, आवश्यक कारबाही हुनेछ”–मन्त्री ढकालले भने । यसबारे मन्त्री ढकालका निजी सचिव प्रकाश भुसाललाई सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।यसअघि मन्त्री ढकाल बजेट विनियोजनमा पनि आलोचित बनेका थिए ।

मन्त्रालयको ९ अर्ब ९२ करोड रुपैयाँको बजेट असन्तुलित ढङ्गले आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित गरेको आरोप उनीमाथि लागेको हो । रुपन्देही–५ को वडा नम्बर १०, जुन ढकालको गृह वडा हो, त्यहाँ मात्र ६ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । विज्ञापन निर्देशन प्रकरणले मन्त्री ढकाल थप विवादमा फसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?