ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह

३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

काठमाडौं ।

देशको पश्चिम क्षेत्रमा एउटा संगठित समूहले नक्कली नोट छाप्ने, नोट बजारमा पठाउने र लागुऔषध अफिमको कारोबारसमेत गरिरहेको पत्ता लागेको छ।

सुर्खेत प्रहरीले दुई दिनको अवधिमा यो समूहका पाँच जना सदस्यलाई पक्राउ गरेको छ। उनीहरूमध्ये एक जना मिडिया हाउस सञ्चालकसमेत रहेका छन्।

पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका-५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी, ३३ वर्षीय रामबहादुर सिंह, कुशे घर भई सुर्खेत भेरीगंगा-१२ बस्दै आएका ३५ वर्षीय रामबहादुर वली, सोही ठाउँका ३८ वर्षीय प्रेमबहादुर विक छन्।

यसक्रममा प्रहरीले कालीकोट नरहरीनाथ गाउँपालिका-४ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका-११ बस्दै आएका ३४ वर्षीय मनबहादुर सहकारीलाई पक्राउ गरेको छ। सहकारी बाँकेमा जनगर्जन नेटवर्क प्रालि नामक मिडिया सञ्चालन गरेर बस्दै आएको पत्ता लागेको छ।

सुर्खेत प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी नक्कली नोट र अफिम कारोबार गरिरहेका पाँचै जनालाई पक्राउपछि सार्वजनिक गरेको छ।

प्रहरी कारबाहीमा पक्राउ परेकाबाट १२ लाख ९३ हजार रुपैयाँ नक्कली नोट र ३० किलो ६७२ ग्राम अफिम बरामद भएको छ।

सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार सुरूमा असार ३० गते बिहान १:३० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० स्थित शान्तिटोलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले दिलमायालाई पक्राउ गरेको थियो।

उनको साथबाट एक हजार  दरका ६ थान नक्कली नोट बरामद गयो। प्रारम्भिक अनुसन्धानमा उनी नक्कली नोटको कारोबारमा संलग्न रहेको खुलेको थियो।

त्यही दिन प्रहरीले साँझ ६ बजे दिलमायाकै डेराबाट जाजरकोटकै ३३ वर्षीय रामबहादुरलाई पक्राउ गर्‍यो। डेराबाट एक हजार दरका १ हजार २३६ थान नक्कली नोट कुल १२ लाख ३६ हजार रुपैयाँ बरामद गरिएको शाहीले बताए।

त्यसै दिन राति १० बजे प्रहरीले गिरोहमा संलग्न थप दुई व्यक्ति ३५ वर्षीय कृष्णबहादुर र ३८ वर्षीय प्रेमबहादुरलाई प्रहरीले पक्राउ गर्‍यो। उनीहरू हाल सुर्खेतको भेरीगंगा नगरपालिका-१२ ठकुरी टोलमा डेरा गरी बस्दै आएका थिए।

उनीहरूको कोठा खानतलासी गर्दा कालो झोलाभित्र राखिएको ११ किलो ३७२ ग्राम अफिम बरामद बरामद भएको थियो।

यसपछि प्रहरीले असार ३१ गते (मंगलबार) बिहान बाँकेको मिडिया हाउसबाट नक्कली नोट र १९ किलो अफिम बरामद गरेको छ।

शाहीका अनुसार सोही गिरोहबारे अनुसन्धान तथा कारबाहीको सिलसिलामा बिहान ८:३० बजे प्रहरी टोली बाँकेको कोहलपुर पुगेको थियो। त्यहाँ  जनगर्जन नेटवर्क प्रालि नामक मिडिया सञ्चालन गर्दै आएका ३४ वर्षीय मनबहादुर पक्राउ परे। उनको मिडिया हाउसबाट एक हजार दरका ५१ थान नक्कली नोट बरामद भएको थियो। यसैगरी, १५ वटा प्लास्टिकका पोकामा प्याक गरिएको १९ किलो ३०० ग्राम अफिम बरामद भएको थियो।

सहकारीको कार्यालयबाट प्रिन्टर, कम्प्युटर सेट, मेमोरी कार्ड, चिप्स, क्यामेरा र नक्कली नोट बनाउन प्रयोग हुने सामग्रीहरू बरामद गरिएको छ।

‘यस गिरोहको कार्यशैली हेर्दा यो केवल व्यक्तिगत लाभको लागि गरिने काम नभई योजनाबद्ध संगठित आपराधिक गतिविधिको हिस्सा भएको देखिन्छ,’ शाहीले भने, ‘यो गिरोह अझ विस्तारित हुन सक्ने सम्भावनालाई लिएर अनुसन्धान जारी छ।’

बरामद अफिम कर्णाली प्रदेशकै रुकुम, रोल्पालगायत जिल्लाबाट भारत तस्करीका लागि ल्याइएको हुनसक्ने अनुमान गरिएको छ। ती जिल्लामा अफिम खेती हुने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

नक्कली नोट सहकारी आफैंले प्रेसमा छाप्ने गरेको प्रारम्भिक बयान दिएका छन्। ‘उनले कहाँको कुन प्रेसमा छाप्ने गरेको हो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको छ,’ शाहीले भने।

पक्राउ परेकालाई नक्कली मुद्रासम्बन्धी कसुर तथा लागुऔषध नियन्त्रण ऐनअनुसार हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?