© २०२३
काठमाडौं ।
बुधबार सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। नेप्से परिसूचक १.२५ प्रतिशतले (३४.६१ अंक) उकालो लाग्दै २७९४ अंकमा पुगेको छ। बैंकहरूले साउन महिनाका लागि ब्याजदर घटाएपछि लगानीकर्ता सकारात्मक बनेका हुन्।
बजारको वृद्धि मात्र नभई कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो दिन ९ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएकोमा आज १४ अर्ब ३ करोडको कारोबार भयो।
कुल १९३ कम्पनीको शेयर मूल्य बढ्दा ५५ कम्पनीको घट्यो। व्यापार बाहेकका सबै समूह सकारात्मक देखिए। विकास बैंक समूह सबैभन्दा धेरै ३.८६ प्रतिशतले उकालो लाग्यो। बैंकिङ, फाइनान्स, हाइड्रोपावर, बीमा, होटल, माइक्रोफाइनान्सजस्ता समूहहरूमा समेत सुधार देखियो।
थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्दै उच्च वृद्धि गर्ने सूचीको अगाडि रह्यो। त्यसपछि ग्रिन डेभलपमेन्ट बैंक, अपर हेवाखोला, कर्पोरेट डेभलपमेन्ट बैंक, फरवार्ड माइक्रोफाइनान्स र बुटवल पावरको उल्लेखनीय मूल्य वृद्धि भयो।
कारोबार रकमका आधारमा बुटवल पावर, राधि विद्युत्, सानिमा माइ, लुम्बिनी विकास बैंक र साहस ऊर्जा शीर्ष स्थानमा रहे।
आजको बजार प्रदर्शनले लगानीकर्ताको मनोबल केही हदसम्म बढाएको छ।