ट्रेंडिंग:

>> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय

नारामै सीमित युवालाई सीप ! 

३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

‘युवालाई सिपयुक्त रोजगारीमा जोड्न ढिलाइ नगरौैं’ भन्ने नाराका साथ आज विश्व युवा दक्षता दिवस मनाइएको छ । सीप विनाको जीवनको कुनै अर्थ छैन भन्ने भाष्य निर्माण भइरहेको वर्तमान अवस्थामा युवालाई रोजगारीमा जोडन सीपको आवश्यकतामा यो दिवसले जोड दिएको छ ।

युवालाई हरेक क्षेत्रमा दक्ष बनाउने अभियानको क्रममा यो दिवसले सार्थक सन्देश दिएको छ । रोजगारीको अवसर सिर्जना गरी बेरोजगारी तथा अर्ध बेरोजगारी न्यूनीकरण गर्दै युवाको हक अधिकार सुनिश्चित गर्ने अभियानमा यो दिवसले सार्थक महत्त्व राख्छ । अबको दिनमा रोजगारीका लागि सीप तथा तालिमका अवसर वृद्धि गरी प्रतिस्पर्धा गर्न सक्ने श्रम शक्तिको विकास गर्ने, वैदेशिक रोजगारलाई बढी उत्पादक, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै जाने अभियानमा अबको कार्यक्रम लक्षित हुनु जरुरी छ ।

सोही लक्ष्य पूरा गर्ने उद्देश्यले हरेक वर्ष विश्व युवा दक्षता दिवस मनाइने गरिन्छ ।  सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले जुलाई १५ मा दिवस मनाउने सङ्कल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यता अनुसारको रोजगार नपाइने प्रवृत्ति हटाउने उद्देश्य यो दिवसको मूल ध्येय हो । तर, यति ठुलो पवित्र उद्देश्य राखेर मनाउने गरिएको यो दिवसको चर्चा भने कतै सुनिँदैन ।

कतै यो दिवस पनि क्यालेन्डरमा मात्रै हेर्ने दिन नआओस् । वास्तवमा अहिलेको सबैभन्दा ठुलो आवश्यकता भनेको युवालाई दक्ष बनाउनु हो । उनीहरूलाई सीपमा पोख्त बनाएर विशेषज्ञता हासिल गराउन सकिन्छ । अहिले अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीका लागि धेरै युवाहरू सहर केन्द्रित भइरहेका छन्, विदेश पलायन भइरहेका छन् । यस्तो बेला कम्तीमा पनि यो दिवसले विदेश पलायन रोक्ने र हरेक युवालाई आत्मनिर्भर बनाउन सीपमा आधारित रोजगारीको ढोका खोल्नेतर्फ सहयोग पु¥याउने विश्वास गर्न सकिन्छ ।

नेपालको जनगणना २०७८ का अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत रहेको छ । नेपालको जनसङ्ख्याको झन्डै आधाको हाराहारीमा रहेका युवा जनशक्ति राज्यको बेवास्ताकै कारण पिल्सिरहेका छन् । युवालाई दक्ष बनाउने सवालमा अझै धेरै काम गर्नुपर्ने जिम्मेवारी र चुनौती कायमै छ । दक्ष युवाले रोजगारीदेखि अनेक अवसर प्राप्त गर्छन् तर अदक्ष युवाको भविष्यका विषयमा समयमै सोच्नु आवश्यक छ ।

तसर्थ नेपाल सरकारले मंगलबार यो दिवस मनाउँदै गर्दा कम्तीमा बेरोजगार युवालाई स्वरोजगार बनाउन कसरी सकिन्छ ? भन्ने विषयमा मन्थन गर्नु अत्यावश्यक छ । नेपाली युवाहरू प्रत्येक दिन सयौँको सङ्ख्यामा विदेशका मुलुकमा श्रमका लागि बिदेसिइरहेका छन् । नेपालमा प्रशस्त लगानीका सम्भावना कमजोर बन्दै जानु र श्रमको श्रोत समेत कम हुँदै गएकोले युवाहरू बिदेसिन बाध्य भएको साँचो हो ।

अर्कोतर्फ नेपालमै पनि श्रमको ठुलो सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको छ । नेपालका धेरै उद्योगले दक्ष श्रमिक नपाएको भन्दै उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बताउने गरेका छन् । युवालाई सीपयुक्त बनाउने हो भने नेपालमा नै श्रमको ठुलो सम्मान र सम्भावना रहेको कुरालाई नकार्न सकिदैन् ।

एकातिर मुलुक भित्रै रोजगारीको अवसर बन्न सक्छ भने अर्कातिर स्वरोजगारी विस्तार गर्न सकिन्छ जसबाट रोजगारीका लागि बिदेसिने जनशक्तिलाई रोक्न सकिन्छ । अबको दिनमा युवालाई दक्ष बनाउने हो भने सानैदेखि उनीहरूलाई सीपमा आबद्ध गराउनु जरुरी छ । अव सीप विनाको अवसर कुनै पनि अवस्थामा पाइँदैन भन्ने कुरा बुझ्नुपर्दछ ।

सरकारको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले युवालाई कसरी रोजगारीमा जोडन सक्छ ? त्यसको आधार के हुन सक्छ भन्ने विषयमा नयाँ रणनीति सार्वजनिक गरोस् । पढेका दक्ष युवालाई मात्रै होइन, पढ्ने अवसर नपाएका युवालाई पनि सीपमा दक्ष बनाएर रोजगार बनाउने सवालमा अभियान सञ्चालन गर्न ढिलाइ गरिनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?