ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

तिलोत्तमामा एउटै घरमा भेटिए २३ वटा विषालु सर्प, सबैको उद्धार

३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

बुटवल, ३२ असार ।

रुपन्देहीको तिलोत्तमामा एउटै घरबाट २३ वटा सर्प निकालिएको छ । सर्प उद्धारकर्मीले एउटै घरभित्र भेटिएका २३ सर्पको एकैपटक उद्दार गरेका हुन् ।

तिलोत्तमा नगरपालिका–५ प्रेमनगरमा रहेको डिलाराम अर्यालको घरबाट उद्धारकर्ताले २३ वटा विषालु गोमन (कमन कोब्रा) सर्प निकालेका हुन् । केही दिनअघि घरधनी डिलाराम किचनमा खाना पकाउँदै गर्दा सर्पले टोकेको थियो । त्यसपछि घरमा धेरै भेटिन थालेका थिए ।

गत शनिबार साँझपख ५ बजेतिर भान्छामा छिरेर खाना बनाउँदै गर्दा डिलारामको खुट्टामा कमिलाले टोकेजस्तो भयो । हेर्दा सर्प रहेछ । डिलाराम तत्काल बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुगे । किचनको ढोका थुनेर उनी अस्पताल गएका थिए । सर्पले टोकेको २० मिनेटमै अस्पताल पुगेकाले उनलाई केही भएन ।

पछि छिमेकीले सर्प उद्धारकर्ता विशाल पाण्डेलाई फोन गरे । विशाल बुटवलबाहिर रहेकोले तत्काल सर्प उद्धार गर्न पुग्न सकेनन् ।

उनी आउँदा ८ बजेको थियो । घरमा पुग्नेवित्तिकै एउटा सर्प मूल गेटमै थियो । उनी गेट खोलेर भित्र छिरे । गल्लीमा थप दुई वटा सर्प देखिए ।

धेरै सर्प देखेपछि विशालले आफूले तालिम दिएका भाइ विश्वासलाई पनि बोलाए । किचनको ढोका खोलेर हेर्दा थप दुई वटा देखिए । त्यो दिन पाँच वटालाई उद्धार गरेर घरबाट निकालिएको विशालले बताए । राति १० बजे विशाल र विश्वास त्यहाँबाट निस्के ।

उद्धार गरिएका सर्प जंगलमा लगेर छाडिदिएका थिए । किचनमा केही भाग फुटेको देखेपछि विशाललाई त्यहाँ अरू पनि सर्प छन् कि भन्ने शंका लागिरहेको थियो ।

घरधनी भोलिपल्ट उपचारगरी अस्पतालबाट घर फर्किए । किचनको तल फुटेको ठाउँ सफा गर्न खोज्दा उनले फेरि सर्प देखे । फेरि तुरुन्तै विशाललाई फोन गरे । विशाल जापानिज भाषासमेत पढाउने भएकोले केही ढिलोगरी दुई भाइ फेरि गए ।

फुटेको ठाउँमा हेर्दा अन्य धेरै सर्पहरू सल्बलाइरहेको पाए । दोस्रो दिन तोडफोड गरेर बिहानदेखि बेलुकासम्म थप १२ वटा सर्प निकालेको डिलारामले बताए । अझै सर्प हुन सकने उनलाई लागेको थियो। भोलिपल्ट घरधनीले मिस्त्रीलाई बोलाए । विशाल र विश्वास पनि आए । अनि थप सर्पको खोजी भयो ।

त्यो दिनभित्र माउ सर्प पनि देखियो तर, फुटेको ठाउँमा ठूलो माउलाई निकाल्न सम्भव भएन । तेस्रो दिन थप ६ वटागरी २३ वटा सर्पको उद्धार गरिएको उनले बताए ।

दुई दिन अझै माउ र अन्य बच्चा निस्किन्छन् कि भनेर किचनलाई निगरानीमा राखिएको थियो तर, निस्किएन । त्यसपछि सर्प देखिएनन् ।

त्यसपछि त्यो फुटेको भाग ढलान गर्ने निचोडमा पुगे । ‘एउटै घरभित्र यति धेरै विषालु सर्प भेटिएको सम्भवतः पहिलो घटना होला,’ विशाल भन्छन्, ‘माउ सर्प ढोकाबाट छिरेर चरभित्र पस्यो । अनि त्यहीँ फूल पारेर बच्चा कोरल्यो । अनि त्यहीँ बच्चा हुर्किएर बाहिर निस्किएपछि बल्ल थाहा भयो । माउ सर्प निकाल्न नसके पनि त्यो अब म¥यो होला ।’

उद्धार गरिएका सबै सर्पलाई जंगलमा लगेर छाडिएको विशालका बुवा खिमलाल पाण्डेले बताए । ‘किचन फोहोर पनि रहेछ,’ खिमलाल भन्छन्, ‘त्यसमाथि फुटेको ठाउँमा सर्पले सुरक्षित स्थान ठानेर बसिरह्यो । त्यही फुल पारेर बच्चा निकाल्यो ।’

तराईंमा बढ्दो सहरी विकाससँगै सर्पको बासस्थान मासिँदै गएपछि र खानाको खोजीमा सर्प घरभित्र पस्न थालेका छन् । गर्मी समयमा सर्प बढी देखिने गर्छन् ।

सोही घरबाट खिमलालले १२ वर्षअघि ११ वटा गोमन सर्पका बच्चा उद्धार गरेका थिए । एउटै घरबाट यति ठूलो संख्यामा विषालु सर्पका बच्चा भेटिनुलाई दुर्लभ घटना मानिएको छ । पाण्डे परिवारका तीनै बाबुछोरा सर्प उद्धारमा सक्रिय छन् । सर्प देखेमा उद्धार कर्तालाई खबर गर्न विशाल आग्रह गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?