काठमाडौँ ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग संघीय निजामती सेवा विधेयकमा देखिएको त्रुटिसम्बन्धी विषयमा छानबिन विशेष समितिले बयान लिएको छ।

बुधबार समितिले पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान लिएको हो। संघीय निजामती विधेयकको ‘कुलिङ अफ पिरियड’ हेरफेर भएको विषयमा छानबिन आवश्यक रहेको माग उठेपछि कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो।
बैठकमा समिति सदस्य इश्वरी घर्ती, माधव सापकोटा, गणेश पराजुली, सुशीला थिङ, रोशन कार्की तथा सहसचिव मनोज कुमार गिरी सहभागी थिए।




