© २०२३
काठमाडौं ।
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत बजेटमाथि छलफल सुरु भएको छ। राष्ट्रिय सभागृहमा जारी नगरसभाको १७ औँ अधिवेशनमा बजेटमाथिको औपचारिक बहस भइरहेको हो। सभाको सुरुवातमा मेयर बालेन शाहले बजेटमा बोल्न चाहने नगरसभा सदस्यहरूको नाम टिपाउन आग्रह गरेका थिए।
महानगरले २९ असारमा बजेट सार्वजनिक गरेको थियो। कानुनी व्यवस्था अनुसार आजै बजेट पारित गर्नुपर्ने बाध्यता रहेकाले छलफलपछि अन्तिम निर्णय लिने तयारी गरिएको छ।