Butwal Today

भगत सर्वजित् मानव मर्यादा राष्ट्रिय पुरस्कार २०८१ पूर्व मन्त्री मान बहादुरलाई

३२ असार २०८२, बुधबार
अ+
अ-

काठमाडौं, ३२ असार ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१’ पूर्वमन्त्री तथा प्राध्यापक मानबहादुर विश्वकर्मालाई प्रदान गरेको छ। बुधबार एक कार्यक्रमका बीच मन्त्री बद्रीप्रसाद पाण्डेले उनलाई एक लाख रुपैयाँ नगद र ताम्रापत्रसहित सम्मानित गरे।

दलित समुदायमा शैक्षिक र राजनीतिक जागरण ल्याउने, मानव अधिकार र सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको हो।

अर्घाखाँचीमा जन्मिएका विश्वकर्मा शिक्षाशास्त्रका प्राध्यापक, दलित संघका संस्थापक नेता, पूर्वराज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य हुन्। उनले शिक्षा, प्रशासन र राजनीतिमा दलितको पहुँच बढाउन निर्णायक भूमिका खेलेका छन्।

उक्त पुरस्कार २०७२ सालदेखि सामाजिक, शैक्षिक, राजनीतिक र मानव अधिकारको क्षेत्रमा योगदान दिने व्यक्तिलाई दिइँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?