ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

दाङमा वर्सेनि सवारी साधन दुर्घटना बढ्दै

३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

दाङ, ३२ असार ।

दाङमा वर्षेनि सवारी साधन दुर्घटना बढ्दै गएको छ । चालकको लापवारही र जोखिम सडकका कारण दुर्घटना बढेको बताइएको छ । ट्राफिक प्रहरी कार्यालय दाङको रेकर्डमा वर्षेनि दुर्घटना बढेको देखाएको हो ।

आर्थिक वर्ष २०७९/०८० मा एक सय ४८ दुर्घटना भएकोमा एक सय ४७ दुर्घटना चालककै लापरवाही र सडकको कारणले भएको हो । गत आर्थिक वर्ष २०८०/०८१ मा भएका दुई सय तीन दुर्घटनामध्ये एक सय ९२ र चालु आर्थिक वर्ष २०८१/०८२ मा भएका तीन सय ६० दुर्घटनामध्ये दुई सय ४५ दुर्घटना भएका छन् । ओभरलोड, सडक तथा मौसमको अवस्था एवं यात्रुका गल्तीले पनि दुर्घटना भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले मापसे तथा लापसे गरेर सवारी साधन चलाउने, मोवाइल फोनमा कुरा गर्दै सवारी साधन चलाउने, ट्राफिक नियमको पालना नगर्ने, तीब्र गतिमा सवारी साधन चलाउने जस्ता धेरै लापरवाहीका कारण सवारी दुर्घटना बढेको बताए ।

जिल्ला ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/०८० मा भएका एक सय ४८ दुर्घटनामा ५४ जनाको मृत्यु भएको छ । त्यसवर्ष एक सय ४१ गम्भीर घाइते भएका छन् भने एक सय आठजना सामान्य घाइते भएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा भएका दुई सय तीन दुर्घटनामा परेर ९८ जनाको ज्यान गयो भने दुई सय ३८ जना गम्भीर र एक सय १४ जना सामान्य घाइते भए । चालु आर्थिक वर्ष २०८१/०८२ मा भएका तीन सय ६० दुर्घटनामा परेर ८१ जनाको ज्यान गयो । दुई सय ५८ गम्भीर र तीन सय ४१ सामान्य घाइते भए ।

ट्राफिक प्रहरीले उमेर समूहको आधारमा २५ देखि ४० वर्षका धेरै दुर्घटनामा परेको जनाएको छ । चालकको उमेरको आधारमा यस वर्ष २५ देखि ४० वर्ष उमेर समूहका दुई सय २६, १६ देखि २५ वर्ष उमेरका एक सय ३६ र ४० वर्ष माथिका एक सय २४ दुर्घटनामा परेका छन् । स्थानीय तहगत रुपमा दुर्घटनाको अवस्था हेर्दा सबै भन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा यस वर्ष एक सय एक दुर्घटना भएका छन् भने दुर्घटनाबाट २३ जनाको मृत्यु भएको र एक सय ७८ जना घाइते भएका छन् । घोराही उपमहानगरपालिकामा यस वर्ष भएका ८६ दुर्घटनामा २० को मृत्यु र एक सय ३१ घाइते भएका छन् । लमही नगरपालिकामा भएका ७४ दुर्घटनामा १८ को मृत्यु र एक सय १२ घाइते भएका छन् ।

राप्ती गाउँपालिकामा ४५ दुर्घटना हुँदा १२ को मृत्यु ८२ जना घाइते, गढवामा १९ दुर्घटना हुँदा दुईको मृत्यु ४८ घाइते, दंगीशरणमा भएका १३ दुर्घटनामा दुईको मृत्यु १९ घाइते, बबईमा भएका नौ दुर्घटनामा एकको मृत्यु ११ घाइते, शान्तिनगरमा भएका आठ दुर्घटनामा एकको मृत्यु ११ घाइते, बंगलाचुलीमा भएका दुई दुर्घटनामा एकको मृत्यु चार घाइते र राजपुरमा भएका तीन दुर्घटनामा एकको मृत्यु तीनजना घाइते भएका छन् ।

यस वर्ष सबै भन्दा धेरै शुक्रबार ५९ र आइतबार ५७ दुर्घटना भएका छन् । ट्राफिक प्रहरी प्रमुख बमले शुक्रबार र शनिबार मापसे गर्ने भएकोले शनिबार रातिका दुर्घटना आइतबारको रेकर्डमा देखिएको बताउँदै धेरै दुर्घटना रातिकै समयमा भएको जानकारी दिएका छन् । उनका अनुसार ट्राफिक सचेतनाको कार्यक्रम भैरहेको भए पनि दुर्घटनामा कमी आउन नसकेको बताए ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?