Butwal Today

डल्ले च्याउको भाउ बढ्यो

३२ असार २०८२, बुधबार
अ+
अ-

 काठमाडौं ।

स्थानीय बजारमा च्याउको मूल्यमा वृद्धि भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबार सार्वजनिक गरेको मूल्यसूचीअनुसार डल्ले च्याउको थोक मूल्य प्रतिकिलो ५० रुपैयाँले बढेको हो।

मंगलबार प्रतिकिलो ३७५ रुपैयाँमा बिक्री भएको डल्ले च्याउ आज ४२५ रुपैयाँमा किनबेच भइरहेको छ। च्याउको मूल्यमा आएको अचानक वृद्धि माग र आपूर्तिको अन्तरका कारण भएको अनुमान गरिएको छ।

यसैबीच, कन्य च्याउ भने आज प्रतिकिलो १३५ रुपैयाँमै किनबेच भइरहेको समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?