Butwal Today

बर्षा नहुँदाको असरः धान फल्ने खेतमा चौपाया चर्दै !

३१ असार २०८२, मंगलवार
अ+
अ-

बाँके, ३१ असार ।

बाँकेका हरियै धान हुने फाँटमा अहिले चौपाया चर्दै गरेका छन् । असारको अन्तिममा समेत पानी नपर्दा खेतमा चौपाया चर्दै गरेका हुन । बाँकेमा धेरै दिन भयो धान रोपाई गर्नका लागि आवश्यक बर्षा नहुँदा नरैनापुर गाउँपालिका र जानकी गाउँपालिकामा न्यून रोपाई भएको छ ।

आकाशे पानीको भरले रोपाइँ गर्ने गरेकाले नरैनापुर गाउँपालिका र जानकी गाउँपालिकामा असार अन्तिम सम्म पनि रोपाइँ न्यून भएको हो । बाँके जिल्लाको सन्दर्भमा नरैनापुर र जानकी गाउँपालिका अरू ठाउँ भन्दा निकै कम पानी पर्ने भएको हुन्छ । समथर खेत र कम बाटो भएको कारणले जानकी गाउँपालिकाका किसानहरूले सँगै रोप्ने गरेका कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी अनिश श्रेष्ठले जानकारी गराए ।

यो दुबै पालिकामा भदौँ महिनाको पहिलो साता सम्म रोपाइँ हुने भएकोले अहिले ढिलाई भएको भन्न मिल्दैन, उनले भने । खेतमा पहिलै कुनै किसानले रोपाइँ गरेपछि पशुचौँपाईले खाईदिने नोक्सानी गरिदिने भएकोले पनि रोपाई ढिलाई भएको हुन्छ । अहिले सम्म बाँकेमा ५८.२५ प्रतिशत धान रोपाई भएको छ ।

पानी परेको धेरै भैसकेको छ, पानी नपर्दा वियाड लगाउने समय भन्दा धेरै दिन कति सकेको छ । हाईब्रिड जातको धान कम्तिमा २५ दिन देखि ३० दिन भित्र रोपाई गर्नु पर्ने हुन्छ तर ४५ दल दिन भयो वियाड छरेको रोपाइँ गर्नको लागि प्रायप्त पानी नपरेको जानकी गाउपालिका वडा नम्वर ५ का किसान जयसिंह वर्माले जानकारी गराए । पहिला पनि यो ठाँउका किसानहरू ढिला रोपाई गर्दे आएका छन तर यो बर्ष झनै ढिलो भएको किसान वर्माले जानकारी गराए ।

असार महिनाको शुरुमा पानी पर्दा नहरमा पानी थियो त्यति बेला नहर नजिक भएका किसानहरूले केही मात्रमा रोपाई गरेका छन् । तर त्यो रोपाई गरेको धान पनि पानी नपाएर सुक्न थालेको छ । गत बर्ष यो समयमा धेरै नै रोपाइँ भैसकेको थियो तर यो बर्ष गत बर्षको तुलनामा २५ प्रतिशत मात्र रोपाइँ भएको छ ।

बैशाख महिनामा सिक्टा नहरले पानी धेरै पठाएको थियो तर रोपाई गर्ने समयमा नहरमा पानी सुकिसकेको छ, उनले भने । यो समयमा धानले खेत हरिभराउ हुने हो तर घाँसले हरिभराउ छ जस कारणले लह लह धान हुने समयमा खेतमा गोठाला चर्दै गरेको देखिन्छ । बैशाख महिनामा खाने पानीको समस्या हुन्छ अहिले धान रोपाई गर्नको लागि फेरी पानीको समस्या आइसकेको छ ।

त्यस्तै नरैनापुर गाउँपालिकामा पनि न्युन धान रोपाई भएको छ । नहरको सुबिधान सिमित क्षेत्रमा भएको कारणले नरैनापुरका किसानहरूले आकाशे पानीको भरमा वखेती गर्दे आएका छन । नरैनापुर गाउँपालिकामा जिल्लाकै सबै भन्दा कम पानी पर्ने भएको नरैनापुर गाउँपालिका वडा नम्वर २ मन मुजव्वर खाँले जानकारी गराए । उनले भने नरैनापुर गाउँपालिकामा नहर आउने शुरुवात भएको छ जस कारण केही क्षेत्रमा मात्र यो बर्ष सिंचाई गरेर रोपाई भएको छ यो भन्दा पहिल आकाशे पानी नपर्दा सम्म केही रोपाई हुन्थेन ।

यहाँ सबै खेती गरेर मा त्र जिवन निर्वाह गर्नेहरू छन तर सिंचाई सुविधा नहुदाँ हरेक बर्ष खेती बाभलै रहेको पनि हुन्छ । उनले भने, यो बर्ष रोपाई ढिलो भएको कुनै नौलो होईन हरेक बर्ष आकाशे पानी नपर्दा सयौँ विगहा जमिन बाझै रहेको हुन्छ ।

समयमा धान रोपाई नहुदाँ उतपादनमा समेत कमि आउने हुन्छ र यहाँका मानिसहरू नजिकै भारतको सिमा सँग जोडिएकोले भारतमा काम गर्न जाने गर्दछन् । बाँके जिल्ला भरी ५५ हजार ८ सय २६ हेक्टर क्षेत्रफल रहेको छ जसमा ३४ हजार ७ सय ११ हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ । हल सम्म बाँकेमा २०९ हजार २ सय १९ हेक्टर क्षेत्रफलमा रोपाई भैसकेको छ ।