Butwal Today

एक बर्ष बित्दा मर्मत भएन पुलको किनारा 

३१ असार २०८२, मंगलवार
अ+
अ-
दाङ,३१ असार।
दाङको प्रसिद्ध धार्मिक स्थल धारापानी जाने सडकमा बनेको पुलमा बाढीले क्षती पूराएको एक बर्ष बितिसक्दा पनि मर्मतकार्य  हुन  सकेको छैन ।
दाङको घोराही उपमहानगरपालिका -५ र ६ को सिमानामा रहेको बबई नदीमा बनेको पुलको किनारा गत बर्ष असारमा आएको बाढीले क्षती पूराएको छ।  बाढीले पुलको किनारा भत्काउदा सडक साधुरो भएको छ   । धारापानी मन्दिरमा साउन महिनाभर शिवपुरान तथा शृङ्गारिक महाआरती संचालनको तयारी गरिरहेको छ।
हजारौं भक्तजनको एकमात्र गन्तव्यको सडकको पुल जोखिममा रहेको  छ  । बाढीले  पुलको किनारा भत्किएर जोखिम बढेको एक बर्ष भैसक्दा पनि मर्मतसंभार हुन सकेको छैन । पैदल यात्रु र सवारी चालकलाई समस्या परेको  स्थानीय बताउँछन् ।  दाङबाट समानुपातिक सभासद मेनका पोखरेलले सदनमा बाढीले पुलमा क्षती भएको र तत्काल मर्मतसम्भारको कुरा राखेको पनि एक बर्ष भन्दा बढी समय हुँदा पनि कुनै सुनुवाइ भएको छैन। भत्केको पुलको किनारामा जोखिम मोलेर यात्रा गर्नुपरेको स्थानीय बताउँछन् ।