© २०२३
बुटवल, ३१ असार । बुटवलस्थित सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिक उत्सव सामाजिक गतिविधि गरि मनाएको छ । मंगलबार बिहान रक्तदान तथा साझ मानव सेवा आश्रमका आश्रितहरुलाई भोजन खुवाएर आफ्नो १७ औं वार्षिक उत्सवको मनाएको हो ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष हरिप्रसाद श्रेष्ठले रक्तदानलाई सस्कृतिका रुपमा पहिचान बनाउने गरि अघि बढ्नुपर्ने बढदै बताए ।
कार्यक्रममा सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले सहकारी गतिविधिसंगै विभिन्न सामाजिक उत्तरदायित्वमा आफुहरु अग्रसर रहेको बताए । स्वस्थ्य व्यक्तिले हरेक तीन–तीन महिनामा रक्तदान गरेको अवस्थामाा कुनै पनि बिरामी रगतको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नआउने समेत दाबी गरे ।
नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक कृष्ण पौडेलले बताए । आफ्नो सहकारी र रक्तदाताबीच अनोन्याश्रीत सम्बन्ध रहेको भन्दै अभियानमा जोड्दै आफुहरु अघि बढ्ने बताए । हाटबजारमा व्यवसाय गर्ने ९० प्रतिशत सदस्यहरु सहकारीका सदस्य छन ।
सहकारीमा हाल ९ सय भन्दा बढी शेयरसदस्य रहेका छन । यसैबीच सहकारीले मंगलबार साझ मानवसेवा आश्रममा आश्रितहरुलाई खाना समेत खुवाएको सहकारी सचिव इश्वरी प्रसाद पोखरेलले बताए । आश्रममा हाल ४५ जना बढि मानव सेवा आश्रम बुटवलका रिना थापाले बताए ।