Butwal Today

पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो

३१ असार २०८२, मंगलवार
अ+
अ-

काठमाडौं ।

नेपाल आयल निगमले पेट्राेलियम पर्दाथको मूल्य घटाएको छ ।

आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्राेलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हाे ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।