ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

निर्माणमा भएको प्रगतिले थपिएको खुसी 

३१ असार २०८२, मंगलवार
३१ असार २०८२, मंगलवार

हरेक वर्ष बर्षायाममा खस्ने पहिरो र त्यसले निम्त्याउने मानवीय क्षतिको कारण बुटवल पाल्पा सडक खण्ड जोखिममा पर्दै आएको छ । यो वर्ष पनि गत साता सिद्ध बाबा क्षेत्रमा गुडिरहेको मोटरसाईकिलमाथि पहिरो खस्दा एकजनाको मृत्यु भएको छ । हरेक वर्षको बर्षायाममा पु¥याउने मानवीय क्षतिको कारण मृत्युमार्ग वनेको यो क्षेत्रमा पछिल्लोपटक सुरुङ मार्ग निर्माणको कामले भने गति लिँदा खुसी थपिएको छ । सिद्ध बाबा सुरुङ् मार्गको इन्भर्ट बनाउने काम सकिएको छ ।

गत माघ ११ गते मुख्य सुरुङ् मार्ग छिचोलिएपछि सुरुङ्भित्र इन्भर्ट र लाइनिङ्को काम सुरु भएको थियो । सुरुङ् मार्गको कुल लम्बाई एक हजार ८९ मिटरमा इन्भर्टको काम सकिएपछि अव अर्को वर्ष सुरुङ मार्ग सञ्चालन हुने आशा पलाएको छ । लाइनिङ् र विद्युतीकरणको काम पनि तीव्र गतिमा अगाडि बढेको छ ।

बुटवलदेखि पाल्पा, गुल्मी, स्याङ्जा र पोखरासम्मका जाने सवारीका साधनको मुख्य गन्तव्य यही सिद्धबाबाको जोखिमयुक्त सडक नै भइरहेको अवस्थामा बढ्दो मानवीय क्षति कम गर्न सुरुङ मार्ग जीवनदायी बन्ने आशा एवं विश्वास सिर्जना भएको छ । यति धेरै सवारी साधनको आवतजावत हुने यस क्षेत्रको सडक तुलनात्मक रूपमा जोखिमयुक्त छ ।

बर्सेनि यो सडकमा मानवीय क्षति हुने क्रम रोकिएको छैन । यसबाट यात्रुलाई सास्ती मात्र नभई समयको बर्बादी भइरहेको छ । यातायात क्षेत्रको यस्ता गम्भीर समस्याको समाधानार्थ मुलुकले राष्ट्रिय गौरवको आयोजनाका रूपमा सिद्धबाबा सुरुङ मार्गको अवधारणालाई प्राथमिकता दिएर काम अगाडि बढाएपछि उत्साह बढाएको छ ।

सुरुङ मार्ग निर्माणबाट विशेषगरी सवारी साधनहरूलाई बुटवलदेखि पहाडी जिल्ला जान र आउन सहज हुनेछ । यस सुरुङ मार्ग कुल लम्बाइ करिब एक किलोमिटरको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माणको प्रकृया आरम्भ हुनुले मात्रै पनि यस क्षेत्रमा आशा र उत्साह जगाएको छ । सुरुङ मार्ग निर्माणको काम अवको एक बर्षभित्रैमा सम्पन्न हुने आशा गरिएको छ ।

यद्यपि नेपालमा निर्धारित मितिमा कुनैपनि आयोजना सम्पन्न भएको उदाहरण छैन । तरपनि यो सुरुङ मार्ग निर्माण निर्धारित मितिमै सम्पन्न भएर सञ्चालनमा आउने अपेक्षा यस क्षेत्रका आम जनताको छ । मृत्युमार्ग बन्दै गरेको बुटवल पाल्पा सडक खण्डको सिद्धवावा क्षेत्रमा बन्ने सुरुङ मार्ग सञ्चालनमा आएपछि वर्षौंदेखि भोगिरहेको पहिरोको जोखिम र सास्तीबाट चाँडै मुक्ति पाउने यस क्षेत्रका जनताको अपेक्षा छ । अव सबै अन्तर्राष्ट्रिय मापदण्डको पालना गरेर गुणस्तरीयताको दृष्टिबाट नेपालको यो सुरुङमार्गलाई सुरक्षित तथा स्तरीय बनाउन कुनै कमी राखिनु हुँदैन ।

यो सुरुङ मार्गले बुटवलमात्र होइन समग्र काठमाण्डौं पश्चिमको तथा लुम्विनी प्रदेश क्षेत्र वरिपरिको सामाजिक आर्थिक पक्षमा निकै सकारात्मक प्रभाव पार्ने सम्भावनालाई अभिवृद्धि गरेको छ । चीन सरकारको प्रविधि विश्वमै उच्च गुणस्तरीय मानिने गरेको छ । यसर्थ चीनको निर्माण कम्पनीले वनाउँदै गरेको यो सुरुङ मार्ग प्रविधिको ज्ञान नेपाली प्राविधिकका लागि उपयोगी सावित हुनेछ ।

यस किसिमको प्रविधि नेपालजस्तो पहाडै पहाडको मुलुकका लागि निकै लाभप्रद हुने विश्वास गरिएको छ । आउँदा दिनमा नेपालको पुँजी, ज्ञान र प्रविधिलाई आत्मसाथ गर्न सके चिनिया मोडेलको विकासमा सहयोग पुग्न सक्छ भन्दा अत्युक्ति नहोला । सिद्ध बाबा निर्माणका क्रममा धेरै काम भैसकेका छन् । सुरुङ् मार्गको हालसम्म करिब ६० प्रतिशत भौतिक प्रगति भएको छ ।

पाँच वर्षभित्र काम सक्ने गरी सरकारले वि.स. २०७८ फागुनमा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्ट्रक्सन एण्ड इन्जिनियरिङ् कर्पोरेसनलाई सुरुङ् मार्ग निर्माण गर्ने जिम्मा दिएको थियो । अव निर्माणका क्रममा कुनै समस्या आईनपरे ०८४ मंसिरदेखि सुरुङमार्गबाट सवारीसाधन सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको छ । जेहोस सिद्ध बाबा सुरुङ मार्ग यो क्षेत्रका हजारौं लाखौं यात्रुका लागि एउटा सपना हो । त्यो सपना पूरा हुनै लागेको निर्माणको प्रगतीले पुष्टी गरेको छ । अवको निर्माणको क्रम पनि द्रुत गतिमा अघि बढोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?