Butwal Today

घुस ‘डिल’ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

३१ असार २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

घुस ‘डिल’ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मन्त्री गुप्ताले आज बिहान पदबाट राजीनामा दिएको जानकारी नेपालखबरलाई दिएका हुन्।

बर्तौतालले भने, ‘उहाँ (मन्त्री गुप्ता) ले आज बिहान राजीनामा बुझाउनुभयो।’ कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुखको सरुवा थमौती र भूमि आयोग जिल्ला अध्यक्ष बनाइदिने भनी ७८ लाखको घुस मागेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा परेका थिए। एमालेबाट मन्त्री बनेका उनले राजीनामा दिनुपर्ने माग पार्टीभित्रै भइरहेको थियो।