ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

बुटवल उपमहानगरको सार्वजनिक सुनुवाइमा सेवा सुधारको प्रतिबद्धता

३० असार २०८२, सोमबार
३० असार २०८२, सोमबार

बुटवल ।

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरका प्रमुख खेलराज पाण्डेले सेवा प्रवाहमा सुधारका लागि उठेका सबै विषयलाई नगर कार्यपालिकामा छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा सडक मर्मत, ट्राफिक व्यवस्थापन, सरसफाइ, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता सेवाहरूमा सुधार आवश्यक रहेको स्पष्ट भएको छ। नगरप्रमुख पाण्डेले मोतिपुरमा औद्योगिक क्षेत्र र सिमलारमा कृषिजन्य सम्भावनाहरूलाई प्राथमिकतामा राख्ने योजना प्रस्तुत गरे। उनले सबै जात, भाषा, धर्म, लिङ र समुदायको हितलाई केन्द्रमा राखेर कार्य गर्दै आएको र अनुपस्थित सरोकारवालालाई मिडियामार्फत जवाफ दिने तयारी रहेको संकेत गरे। बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले सार्वजनिक सुनुवाइले पालिकाभित्रका कमजोरी पहिचान गर्न सहयोग पुर्याउने बताइन ।

उनले समस्याको पहिचानले समाधान सजिलो बनाउने भन्दै जनप्रतिनिधि र सेवाग्राहीबीचको सम्बन्ध अझ सुदृढ भई सुशासन र विकासमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरिन । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय, बुटवलले सहजिकरण गरेको सार्वजनिक सुनुवाइमा इलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डीएसपी इन्द्र बहादुर रानाले विभिन्न सामाजीक चुनौतीहरूबारे गम्भीरतापूर्वक प्रश्न उठाएका छन्।

उनले लागु औषध पदार्थको सेवन देशव्यापी समस्या भएको र अनलाइन ठगीका घटनाहरू बढ्दो क्रममा रहेको जनाउँदै, सचेतनामूलक कार्यक्रम मार्फत यो प्रवृत्ति रोक्न सक्रिय रूपमा पहल गरिरहेको बताए। साथै, बुटवल आत्महत्याका घटनाहरूमा उल्लेखनीय वृद्धि देखिएको र आत्महत्यासम्बन्धी मुद्दा दर्ता दर उच्च भएको ले उपमहानगरपालिकालाई आत्महत्या न्यूनीकरणका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए उक्त कार्यक्रममा उनले बुटवललाई सर्वसाधारणका लागि सुरक्षित, जागरुक र समर्थनपूर्ण वातावरण बनाउन प्रहरी–नगरपालिका दुवै पक्षबाट साझा जिम्मेवारी अनुरोध गरे।

सार्वजनिक सुनुवाइमा विभिन्न सरोकारवालाहरूले नगरको विकास र सेवा प्रवाहमा सुधारका लागि महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका छन् । नेपाली कांग्रेसका नगर उपसभापति ज्योती भण्डारीले नगरका गतिविधिहरू बुझ्न र रणनीति बनाउन सार्वजनिक सुनुवाइलाई प्रभावकारी मान्दै, “हामी ठूला सपना देख्छौं, साना आइपर्ने समस्यामा परेर दुखी हुन्छौं,” भने । उनले नगरका सकारात्मक कार्यहरूको प्रचार गर्न सुझाव दिँदै, “राम्रो गरेको कुराको प्रचार गर्नुहोस्, काम गर्न ऊर्जा आउँछ,” भने ।

नेकपा एमाले बुटवलका अध्यक्ष सोभाखर पोखरेलले सेवा प्रवाहमा देखिएका समस्यामा गम्भीर सुधार गर्न आवश्यक ठहर गर्दै, “एकपटक सेवा लिन गएकोले फेरि नपरोस्” भन्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले युवाहरू बाहिर जाने वातावरण निर्माण नगरि, जिम्मेवार नेतृत्व र सार्वजनिक प्रवाहमा पारदर्शिता अपरिहार्य रहेको बताए । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष भेक बहादुर थापाले उजिरसिंह थापाको प्रतिमालाई सम्मानका साथ राख्नुपर्ने र सडक मर्मतमा ध्यान दिनुपर्ने बताएका छन् ।

उनले विद्युत् कटौतीका कारण जनतालाई सास्ती भएको उल्लेख गर्दै विद्युत् आपूर्तिमा स्थायित्व कायम गर्न उपमहानगरलगायत सम्बन्धित निकायलाई तिब्र पहल गर्ने सन्देश दिएका छन् । उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले सार्वजनिक लगानी बढाउन र ट्राफिक व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनीले माली नियुक्तिका चुनौतीहरू र सर्भिस लेनमा पार्किङको समस्या समाधान गर्न नगर र प्रहरीको सहकार्य आवश्यक रहेको बताए । सार्वजनिक सुनुवाइ कार्यक्रममा बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल, वडाअध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न विषयगत समितिका संयोजक, नागरिक समाजका प्रतिनिधिहरू र पत्रकारहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?