© २०२३
बाँके, ३० असार ।
नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट प्रदायक संस्थाहरू सँग मासिक भाडा उठाउने लाभले दुर्घटना निमत्याउँदै आएको छ । नेपालगन्ज बजार क्षेत्रको हरेक विद्युत् पोलहरूमा इन्टरनेट सञ्चालक संस्थाहरूले अव्यवस्थित तरिकाले विद्युतका खम्बाहरुमा तार जडान गर्दा दुर्घटना निमत्याउँदै आएको हो ।
नेपालगन्ज बजारमा हरेका टोल टोल र गल्ली गल्लीहरूमा इन्टरनेटका तारहरू लथालिङ्ग भएको छ । बजारको धम्बोझी, सदर लाइन, त्रिभुवन चोक एकलैनी लगायतका ठाँउहरुमा इन्टरनेटको तारले गर्दा समय समयमा दुर्घटना हुँदै आएको छ । घरबारी टोलमा इन्टरनेटको तारले गर्दा बाटो नै जाम भएको घरबारी टोलका व्यवसायी हरि सापकोटाले बताए ।
बेला बेला विद्युतको खम्बामा सतर्कसित भएर आगो लाग्ने र क्ष्यती हुने गरेको बताए । उनले भने, प्राधिकरणले इन्टरनेट सञ्चालक संस्थाहरू सँग मानिसक शुल्क लिने सर्तमा तार जडान गर्न दिएको हो तर उझै पनि त्यो रकम उठाउन सकेको छैन । पैसा उठाउने भए पनि इन्टरनेटको व्यवस्थित तरिकाले व्यवस्थापन गर्न अति नै आवश्यक रहेको व्यापारी सापकोटाले सुझाव दिए ।
त्यस्तै त्रिभुवन चोकमा महिनै पिच्छे तारमा सत सर्किट भएर क्षति हुँदै आएको व्यापारी नन्दलाल वैश्यले बताए । उनले भने, केही रकमको लागि प्राधिकरणले जनताको क्षति गराउँदै आएको छ । आवश्यकता भन्दा बढी तार खम्बामा झुन्ड्याएर पोलको भारी बढाउने समेत काम भइरहेको छ । यदि शुल्क नै उठाउनु छ भने छुट्टै पाले जडान गरेर इन्टरनेटको तार जडान गरी विस्तार गर्दा निकै राम्रो रहेको बताए ।
विद्युत् कार्यालय र इन्टरनेट सञ्चालक संस्था बिच भएको सम्झौता अनुसार निरन्तर शुल्क नतिरेको जानकारी गराए । इन्टरनेट सञ्चालक संस्थाले आफ्नो मनोमानी अनुसार खम्बामा तार जडान गरी सेवा दिइरहेका छन् । इन्टरनेट सञ्चालक संस्थाले तार टुटे पनि समयमा र राम्रो सँग व्यवस्थित नगर्दा दुर्घटना हुँदै आएको हो ।