ट्रेंडिंग:

>> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा 

किसानमाथि सधैँ धोका किन ?

३० असार २०८२, सोमबार
३० असार २०८२, सोमबार

एकातिर सरकारले किसानका लागि रोपाईका लागि आवश्यक मल वितरण गरेको दाबी गरिरहेको छ, अर्कोतिर किसानले मल नै नपाएको गुनासो गरिरहेका छन् । खास गरी कपिलवस्तु र पश्चिम नवलपरासीका किसानले मल विना रोपाई गरेको भन्दै आक्रोश पोखेका छन् । किसानहरूप्रति मलको विषयमा सधैँ छल हुँदै आएको छ ।

सरकारले मल सहज आपूर्ति भइरहेको दाबी गरे पनि मलका लागि दिनभर लाइन बसेर मल नपाएको गुनासो गर्ने किसानको पीडा फरक छ । असारको यो गर्मीमा मलका लागि लाइन बस्नुपर्ने र त्यो पनि अन्तिममा मल सकिएको भन्दै रित्तो हात घर फर्काउने गरिएको किसानको पीडा वास्तवमै दर्दनाक र दुःखद छ । सरकारले हरेक वर्ष मलमा छल गर्दै आएको छ । खास गरी उत्तरी क्षेत्रमा भन्दा दक्षिणी क्षेत्रमा मलको समस्या बढ्दो छ ।

नेपालको मल नपाउँदा किसानले भारतको मल प्रयोग गर्न बाध्य भएका छन् । भारतबाट खुला सीमाको प्रयोग गरी मल आउने गरेको छ । नियन्त्रण हुँदैन । अर्कोतर्फ गुणस्तरहीन मलको कारण जमिन झनै बाँझिने समस्या पनि बढेको छ । हरेक वर्ष रोपाईको सुरुवातसँगै मल पनि जोडिएर आउँछ ।

यो वर्षको जस्तै गत वर्ष पनि किसानले भने जति मल नपाउँदा उत्पादनमा प्रभाव परेको देखिएको थियो । किसानले युरिया मल हाल्ने तयारी गरिरहँदा भने बजारमा मलको अभाव भएको गुनासो बढेको थियो । जनताले दुई महिना अघि नै समयमै मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

तर, सरकारले एक हजार बोरा मल चाहिएको क्षेत्रमा एक सय बोरा मल दिएर सास्ती दिँदै आएको छ । मलमा सरकारले हरेक वर्ष किसानलाई धोका दिने गरेको छ । यो सरकार मात्रै होइन, यसअघिका सरकारको पालामा पनि समस्या यस्तै थियो । जसका कारण अधिकांश किसानले मल बिनै खेती गरेका थिए । तसर्थ जुन सरकार आए पनि किसानका दुःख उही पुरानै छन् । ती सबै अव बिराना बन्दै गएका छन् । समस्या समाधानमा कुनै पनि सरकार गम्भीर नदेखिएको अवस्थाले नेपालको कृषिलाई कहाँ पु¥याउला ? चिन्ता थपिएको छ ।

सङ्घीय सरकार मात्रै होइन, लुम्बिनी प्रदेश सरकारले पनि किसानमाथि छल गर्दै आएको छ । प्रदेश सरकारले रोपाई अगावै मलको व्यवस्था गर्ने घोषणा गरेको थियो तर कुनै पनि किसानले प्रदेश सरकारले उपलब्ध गराउने भनेको मल अहिलेसम्म पाएको अवस्था छैन ।

देश सङ्घीय प्रणालीमा गएको र प्रदेशमा सरकार बने लगत्तै धेरै आशा गरिएको थियो । विडम्बना भनौँ युरिया मलकै अभावले किसानहरू समस्या छन् । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले एकतिहाई योगदान पु¥याएको छ । मुलुकको झन्डै दुईतिहाइ श्रमशक्ति पनि कृषिमै निर्भर छन् । यसैले नेपाली अर्थतन्त्रको आधार भनेकै कृषि हो । तर, नेपाललाई कृषिमा पराधिन वनाउने कुत्सित प्रयास जारी छ ।

नेपाल सरकारले समयमा मल उपलब्ध गराउन नसक्दा बर्षेनी कृषि क्षेत्रको उत्पादन घटदै गएको छ । कृषि मन्त्रीले अहिलेपनि प्रशस्त मल मौजदात रहेको दाबी गरिरहेका छन् । अहिले रोपाईको माचो चलेको छ तर कृषि मन्त्रीले भनेको मलको मौजदाता सरकारको धन्सारमा होला, कृषकको खेतमा अझै पुगेको छैन् । सरकारले कृषि क्षेत्रमा लगानीको संभावना देखाएको छ । पछिल्ला दिनमा कृषि क्षेत्रमा लगानीको आकर्षण पनि बढ्दो छ ।

वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै रहरलाग्दो व्यवसाय सुरु गरेका प्रशस्त उदाहरण पनि छन् । तर, कृषि गर्न आवश्यक मल नै नपाउनुको पछि ठूलो पीडा छ । किसानका समस्या समाधान गर्ने र कृषि उत्पादन बढाउने सरकारी घोषणा यही तालले पूरा हुने अवस्था छैन् । सङ्घीय र प्रदेश सरकारले बर्षौदेखि किसानमाथि छल गर्दै आएका छन् । अहिलेपनि मलको समस्या समाधान हुने अवस्था देखिएको छैन । यो गम्भीर सवालमा सङ्घीय सरकारले जसरी भएपनि आपूर्तिको व्यवस्था गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?