Butwal Today

सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढ्यो

३० असार २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलाको १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो यसै परिमाणको सुन १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी तोलामा ३० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँमा पुगेको छ। हिजो चाँदीको मूल्य २ हजार २८५ रुपैयाँ थियो। भाउमा भएको यो वृद्धिसँगै सुनचाँदी बजार फेरि सक्रिय बन्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?